IME Life

प्रभु इन्स्योरेन्स ‘प्राइस कटिङ’मा संलग्न, हतार–हतार पोलिसी संशोधन

SPIL
NIC ASIA

काठमाडौं । प्रभु ग्रुपद्वारा प्रबद्र्धित प्रभु इन्स्योरेन्स कम्पनी ‘प्राइस कटिङ’मा संलग्न रहेको तथ्य फेला परेको छ । यसअघि शिखर इन्स्योरेन्स कम्पनी प्राइस कटिङमा संलग्न भई चार रुपैयाँ ५० पैसा मूल्यको बीमा दुई रुपैयाँमा कोटेशन दिएको तथ्य इन्स्योरेन्स खवरले प्रकाशित गरेको थियो ।

प्राइस कटिङमा प्रभु इन्स्योरेन्सको केन्द्रीय कार्यालय काठमाडौं नै संलग्न भएको तथ्य फेला परेको छ । केन्द्रीय कार्यालयकी रेणु दीक्षितले जारी गरेको बीमा पोलिसी बीमा ऐन विरुद्ध रहेको भेटिएको हो । इन्स्योरेन्स खवरलाई प्राप्त एक बीमालेखमा मकवानपुरको हेटौडास्थित त्रिपाल, बोरा (प्याष्टिकजन्य) उद्योगमा गरेको बीमा गर्दा बीमा समितिले निर्धारण गरेको दरेरेट भन्दा न्यून गरेर बीमा गरेको फेला परेको हो ।

Prabhu
Crest

प्रभु इन्स्योरेन्सबाट २६ जुलाईमा जारी गरिएको नं १११।एफपीआई।०००४०।०७६–०७७ को बीमालेखमा प्लाष्टिक उद्योगलाई गोदाम देखाएर प्रतिहजार ३ रुपैयाँको दरले बीमा गरिएको छ । बीमा समितिको दररेटमा प्लाष्टिक उद्योगलाई उच्च मध्यम जोखिम अन्तर्गत राखि चार रुपैयाँ ५० पैसा आतंकवाद समेतको मूल्य निर्धारण गरिएको छ । रोचक कुरा के छ भने उक्त बीमा पोलिसीमा जोखिम संकेत भनेर १५९ राखिएको छ । सो नम्बरको बुँदामा धागो प्रशोधन पर्दछ ।

उता, प्रभु इन्स्योरेन्सका एक अधिकारीले उक्त बीमालेखमा त्रुटी भएको स्वीकार गरेको छ । उक्त बीमा पोलिसी त्रुटीपूर्ण भएकोले संशोधन गरिएको छ । प्रभु इन्स्योरेन्सका एक अधिकारीले कोड नं फरक परेकाले पोलिसी सच्याईसकिएको प्रतिक्रिया दिए । सूत्रका अनुसार इन्स्योरेन्स खवरमा प्राइस कटिङको समाचार आएपछि हतार हतार बिहिवार पोलिसी संशोधन गरिएको हो । बीमितको हातमा बिहिवार नयाँ पोलिसी थमाएका छन् । यद्यपि प्याष्टिक उद्योगको बीमा गर्ने भनेर धागो उद्योगको कोड लगाएर बीमा गरिएको सन्दर्भमा बीमा समितिले चाहेमा कारवाही गर्न भने सक्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS