सिर्जना फाइनान्सले पायो हकप्रद शेयर निष्काशनको अनुमति

काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि अनुमति पाएको छ । कम्पनीले बोर्डबाट ६० प्रतिशत हकप्रद शेयर बिक्री गर्न अनुमति पाएको हो ।

कम्पनीले १०ः६ अनुपातमा कुल २७ करोड ६४ लाख ६९ हजार २०० रुपैयाँ बराबरको २७ लाख ६४ हजार ६ सय ९२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । यस हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार