IME Life

सिभिल लघुवित्तको खुद नाफा ४५ प्रतिशतले बढ्दा अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

SPIL
NIC ASIA

सिभिल लघुवित्तले गत आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमासससम्म आइपुग्दा १ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा ४५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसै अवधिमा लघुवित्तले १ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि लघुवित्तले बृद्धि गरेको छ । आर्थिक ववर्ष २०७५ ७६ को १२ महिनाको अवधिसम्ममा लघुवित्तले ३९ प्रतिशतले खुद ब्याज आम्दानी गरेको छ । भने १५ प्रतिशतले संचालन मुनाफा बढेको छ ।
आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्मा २७ करोड १ लाख रुपैयाँ बचत संकलन गरी १ अर्ब २ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तले निक्षेप संकलनमा ६२ प्रतिशतले बृद्धि गरेको हो भने कर्जा प्रवाहमा ७८ प्रतिशतले बृद्धि गरेको हो । त्यसैगरी सापटिमा ७९ प्रतिशतले बृद्धि गरेको हो ।

Prabhu
Crest

त्यस्तै लघुुवित्तको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८९ पैसाले बढेर १४ रुपैयाँ ३६ पैसा पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १ सय १८ रुपैयाँ ६३ पैसा रहेको छ भने निष्क्रिय कर्जा १ दशमलव ३४ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS