अशोक लेल्यान्डका सवारी साधन खरिदमा ओम डेभलपमेन्ट बैंकले कर्जा सुविधा दिने

काठमाडौं । अशोक लेल्यान्ड र ओम डेभलपमेन्ट बैंक लिमिटेडबिच सम्झौता भएको छ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेल्यान्ड र ओम डेभलपमेन्ट बैंकबीच कर्जा सेवा सम्बन्धी सम्झौता भएको हो ।

उक्त, सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र आईएमइ मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका हुन् । सो सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएकाग्राहकहरुले सहज रुपमा ७० प्रतिशत सम्मको कर्जा सुविधा ओम डेभलपमेन्ट बैंक लिमिटेडबाट पाउने जनाएको छ ।

बैंकका ग्राहकहरुले अशोक लेल्यान्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार