सनराइज बैंकले खोल्यो ललितपुरको कुपण्डोलमा नयाँ शाखा

काठमाडौं । सनराइज बैंकले ललितपुरको कुपण्डोलमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले कुपण्डोलमा ११७ औँ शाखा संचालनमा ल्याएको हो ।

उक्त नयाँ शाखा र एटिएमकोे उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सन््राइज बैंकका संचालक समितिका सदस्य श्री ई. बच्छराज तातेडले संयुक्त रुपमा गरे ।

हालसम्म बैंकले १ सय १७ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १ सय ३५ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार