IME Life

सिद्धार्थ इक्विटी फन्डले ११ प्रतिशत लाभांश दिने

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ इक्विटी फन्डले नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । फन्डले ११ प्रतिशत नगद लाभांश वितरण गर्न भदौ १ गते बुक क्लोज गर्ने भएको छ ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको गत सोमबार (साउन ६) गते बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई कर सहित ११ प्रतिशत नगद दिने घोषणा गरेको हो । साउन ३२ गते शनिबार सम्म कायम रहने सेयरधनीले मात्र लाभांश दाबी गर्न पाउनेछन् । शुक्रबार र शनिबार सेयर बजार बन्द हुने भएकाले यो लाभांश सुरक्षित गर्न साउन ३० गते बिहीबार सम्ममा इकाइधनी बनिसक्नुपर्नेछ । सिद्धार्थ इक्विटी फन्डले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट प्रतिफल वितरण गर्न लागेको हो ।

Prabhu
Crest

यो फन्डको योजना व्यवस्थापकमा सिद्धार्थ क्यापिटल रहेको छ । यसलाई सिद्धार्थ बैंकले प्रवद्र्धन गरेको हो ।फन्डले नगद लाभांश वितरणमा १६ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ । असार मसान्तमा यस फन्डको प्रतिइकाई खुद सम्पति मूल्य ३ पैसाले घटेर ११ रुपैयाँ २४ पैसामा आएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS