IME Life

बोनस दर समीक्षाः ५ देखि २० वर्षे बीमा अवधिमा कसको बोनस दर कति ?

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीले दिने बोनस दरकै आधारमा बीमितले पाउने रकम बढी वा घटी हुने हुँदा आम सर्वसधारणले बोनस दर नबुझी बीमा गर्दा पछि पछुतो मान्नुपर्ने अवस्था आउन सक्छ । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७४।७५ का लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरिसकेका छन् । बोनस दर जति बढि भयो, पछि भुक्तानी पाउने समयमा सोही दररेटको आधारमा भुक्तानी पाउने हुँदा बीमा अभिकर्ता तथा बीमा गराउन चाहने दुवैका लागि निकै जान्ने पर्ने विषय हुन आएको छ ।

प्रत्येक कम्पनीहरुले आफ्ना बीमितका लागि बोनस दर कायम गर्ने गर्दछन् । कम्पनीले कायम गर्ने बोनस दर कम्पनीले हासिल गरेको समृद्धिका आधारमा अनुसार घटि वा बढि हुने गर्दछ । मुनाफा, बीमा शुल्क संकलन आदिका गणनाबाट बोनसदर निर्धारण गरिन्छ । ५ देखि २० वर्षे बीमा अवधिमा कुन कम्पनीले कति बोनस दर निर्धारण गरेका छन् भन्ने कुरालाई यहाँ दर्साउन खोजिएको छ ।

Prabhu
Crest

पहिलो एलआइसी, दोस्रोमा मेट लाइफ

५ देखि २० वर्षे बीमा अवधिमा सबैभन्दा बढी बोनस दर एलआइसी नेपालको रहेको छ । कम्पनीले जीवन तरगं बीमालेखको २० वर्षे बीमा अवधिका लागि ७७ रुपैयाँ बोनस दर कायम गरेको छ ।
यस्तै कम्पनीले जीवन तरंग बीमालेख अन्तर्गत नै १० वर्षे र १५ वर्षे बीमा अवधिका लागि क्रमश ६६ र ६८ रुपैयाँ बोनस दर कायम गरेको छ ।

मेट लाइफले थ्री पेमेन्ट प्लान अन्तर्गत १६ देखि २० वर्षे बीमा अवधिका लागि ७५ रुपैयाँ बोनस दर कायम गरेको छ । यस्तै मेटले इपीपी एजुकेशन प्रोड्क्शन प्लान अन्तर्गत १६ देखि २० वर्षे बीमा अवधिका लागि ७० रुपैयाँ बोनस दर कायम गरेको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भने ५ वर्षदेखि १५ वर्ष र १६ देखि २० वर्षसम्मको सावधिक तथा सामुहिक जीवन बीमा बीमालेखका लागि ६५ रुपैयाँ बोनस दर कायम गरेको छ । यस्तै, कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेख अन्तर्गतका सबै बीमा अवधिहरुमा ६५ रुपैयाँ बोनस दर कायम गरेको छ ।

हेरौँ कुन कम्पनीको कति बोनसदर ?






नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS