लक्ष्मी भ्यालु फन्ड–१ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन कहिले ?

काठमाडौं । लक्ष्मी भ्यालु फन्ड–१ ले नगद लाभांश (प्रतिफल) वितरण गर्ने प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको गत बिहीबार (साउन १६) बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई कर सहित १५ प्रतिशत नगद दिने घोषणा गरेको थियो ।

फन्डले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि साउन २८ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण साउन २७ गते सोमबार सम्म कायम सेयरधनीले मात्र लाभांश दाबी गर्न पाउनेछन् । लक्ष्मी भ्यालु फन्डले २०७५–७६ को नाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार