Prabhu Life Ad Final

स्वरोजगार लघुवित्तको नाफा १२१ प्रतिशतले बढ्दा अन्य सूचकको अवस्था कस्तो ?

IME PAY
IME Life

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । आर्थिक वर्ष २०७५/७६ लघुवित्तले ८ करोड ७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ६५ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा १२१ प्रतिशतले बढी हो ।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमश ६१ प्रतिशत र १२९ प्रतिशतले बढेको छ । कम्पनीले जगेडा कोषमा पनि ८८ प्रतिशतले बृद्धि गरेको छ ।

लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सापटिमा १ प्रतिशतले बृद्धि गरेको छ । निक्षेप संकलनमा ६१ प्रतिशतले बढाएको छ भने कर्जा प्रवाहमा ४१ प्रतिशतले बढाएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ९६ पैसा छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि गत वर्ष भन्दा ७ रुपैयाँ ८ पैसाले घटेर १४६ रुपैयाँ ४६ पैसामा आइपुगेको छ

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS