आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकलाई गण्डकी विकास बैंकले ७०% सम्म कर्जा दिने

काठमाडौँ । आइएमई गु्रप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र गण्डकी विकास बैंक लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७० प्रतिशत सम्मको कर्जा सुविधा गण्डकी विकास बैंक लिमिटेडबाट पाउने भएका छन् ।

यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार