प्रभु इन्स्योरेन्सको साधारण सभा भोली, यस्ता छन् एजेण्डाहरु

प्रभु इन्स्योरेन्सले साउन १७ गते शुक्रबार अर्थात भोली वार्षिक साधारण सभा बस्ने भएको छ । सभा प्रभु कम्प्लेक्स तीनकुने, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

साधारण सभामा वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७४।७५ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायत विषयमा छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुनेछ ।

सभामा आर्थिक वर्ष २०७५।७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पेश हुनेछ ।

प्रभु इन्स्योरेन्सको लाभांश सम्बन्धी भने कुनै एजेन्डा रहेको छैन् ।

वार्षिक साधारण सभा गर्न इन्स्योरेन्सले साउन ३ देखि १७ गतेसम्म बुक क्लोज गरेको छ । साउन २ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार