IME Life

लघुवित्त कम्पनीहरुको लोभलाग्दो ग्रोथ, १९ मध्ये कस्को कति ?

SPIL
Sanima Reliance

बैंक तथा वित्तीय संस्थाहरुले धमाधम चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्ने क्रममा छन् । हालसम्म २२ वटा लघुवित्त वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । जसमध्ये १९ वटा लघुवित्तको वित्तीय विवरणलाई तुलनात्मक अध्यन गर्दा धेरैको “ग्रोथ” राम्रो देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेकामध्ये तीन लघुवित्त त्रिलोक, जीवन विकास र जनसेवी लघुवित्तको नेप्सेमा सूचिकृत नभएको कारण तुलनात्मक अध्ययनमा  सामावेश  गरिएको छैन् ।
हालसम्म वित्तीय विवरण प्रकाशित गरेका र नेप्सेमा सूचिकृत १९ वटा लघुवित्त मध्ये धेरै जसो लघुवित्त वित्तीय संस्थाहरुको प्रमुख सूचकहरुमा राम्रो “ग्रोथ” देखिएको छ ।
आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण प्रकाशित गरेका नेप्सेमा सूचिकृत १९ वटा कम्पनीमध्ये सबैभन्दा धेरै आरएमडीसी लघुवित्तले  ३३ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ भने नेशनल माईक्रोफाईनान्सको प्रति शेयर आम्दानी सबै  धेरै ८७ रुपैयाँ १२ पैसा छ।

चोथो त्रैमासको वित्तीय विवरणलाई महत्वपुर्ण विवरणको रुपमा लिने गरिन्छ । किनकी चौथो त्रैमासको वित्तीय विवरणले लाभांश निर्धारण गर्ने गर्दछ । कम्पनीहरुको राम्रो वित्तीय विवरण प्रकाशित हुनु भनेको यसले दोश्रो बजारलाई बलियो टेवा दिने गर्दछ। परिपक्क दोश्रो बजारमा कम्पनीहरु आधारभूत रुपमा बलिया हुन्छन ।

Crest
Meta Holidays

अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका धेरैजसो लघुवित्त कम्पनीले महत्वपूर्ण सूचकमा सुधार गरेका छन् । नाफा बढेको छ । लघुवित्त कम्पनीहरुको जगेडा कोष मजबुत बन्दै गएको छ भने प्रतिसेयर आम्दानीमा पनि आकर्षक वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा लघुवित्तहरुको राम्रो प्रर्दशनसँगै दास्रो बजारमा शेयर मुल्य बढ्ने क्रम जारी रहेको छ ।
नाफाको आधारमा ग्रोथ गरेका कम्पनीहरु
आर्थिक वर्ष २०७५/७६ को अहिलेसम्म वित्तीय विवरण प्रकाशित गरेका नेप्सेमा सूचिकृत १९ लघुवित्त कम्पनीमध्ये धेरै जसो लघुवित्तहरुको नाफामा राम्रो सुधार भएको देखिन्छ । जसमध्ये सबैभन्दा धेरै स्पर्स लघुवित्तले १५३,५८ प्रतिशतले नाफा बढाएको छ । गणपति माइक्रोफाइनान्सले १२२० प्रतिशतले नाफा बढाएको छ ।
त्यस्तै नेपाल एग्रो लघुवित्तले ६ सय ६ प्रतिशतले नाफा बढाएको छ भने ग्लोबल आइएमई लघुवित्तले ३ सय ३३ प्रतिशतले, आशा लघुवित्तले २ सय ५३ प्रतिशतले,समता माइक्रोफाइनान्सले २ सय ४९ प्रतिशतले, इन्फिनीटी लघुवित्तले २ सय ३२ प्रतिशतले र चौतारी लघुवित्तले १ सय ७४ प्रतिशतले नाफा बढाउन सफल भएका छन् ।

१९ कम्पनी मध्य कालिका लघुवित्तको नाफा भने २० प्रतिशतले घटेको छ । बाँकि वित्तीय विवरण प्रकाशित गरेका लघुवित्तहरुले राम्रो नाफा कमाएको देखिन्छ ।

प्रति शेयर आम्दानीको आधारमा
नेप्सेमा सुचिकृत रहेका र २०७५/७६ को चौथो त्रैमाससम्ममा वित्तीय विवरण प्रकाशित गरेका १९ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये सबैभन्दा धेरै स्पर्स लघुवित्तको प्रति शेयर आम्दानी १०३३४ प्रतिशतले बृद्धि भएको छ । गणपति माइक्रोफाइनान्सको प्रति आम्दानी ८५७ प्रतिशतले बृद्धि भएको छ । नेपाल एग्रो लघुवित्तको ३७७, ग्लोबल आइएमई लघुवित्तको १५५, विजय लघुवित्तको १५० र आशा लघुवित्तको १३८ र इन्फिनीटी लघुवित्तको प्रति शेयर आम्दानी १२४ प्रतिशतले बृद्धि भएको छ ।
२०७५/७६ को चौथो त्रैमाससम्ममा वित्तीय विवरण प्रकाशित गरेका १९ वटा लघुवित्त वित्तीय संस्थामध्ये स्वदेशी लघुवित्त, मेरो माइक्रोफाइनान्स र कालिका लघुवित्तको प्रति शेयर आम्दानी भने घटेको छ ।

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x