Prabhu Life Ad Final

नेपाल एसबिआई बैंकको नाफा १४ प्रतिशतले बढ्दा प्रति शेयर आम्दानी कति ?

IME PAY
IME Life

नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०७५/७६ को चौंथो त्रैमासाको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा खुद नाफा १४ प्रतिशतले बढोत्तरी गरी गत आर्थिक वर्षको अन्त्यसम्म २ अर्ब ३० करोड रुपैयाँ पुर्याएको छ । गत वर्ष यसै अवधिमा बैंकले २ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले ४ अर्ब ७४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जसले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद व्याज आम्दानीमा १४ प्रतिशतले बृद्धि गरेको हो ।
बैंकले गत आर्थिक वर्षको १२ महिनाको अवधिसम्ममा ९७ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरी ८४ अर्ब ३0 करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले निक्षेपमा १६ प्रतिशतले बृद्धि गरेको हो भने कर्जा प्रवाहमा पनि १६ प्रतिशतले नै बृद्धि गरेको हो ।

बैंकको प्रतिसेयर आम्दनी २ रुपैयाँ ११ पैसाले बढेर २७ रुपैयाँ २६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १ सय ६७ रुपैयाँ ८९ पैसा छ । मुल्य आम्दानी अनुपात १७ गुणा रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS