Prabhu Life Ad Final

यो साता नेप्से सामान्य अंकले घट्यो, नेपाल बैंकको सर्वाधिक कारोबार

IME PAY
IME Life

यो साता नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बजारमा शेयर खरिद चाप घटेर विक्री चाप बढेसँगै नेप्से परिसूचक २ दशमलव ५७ अंकले घटेको हो । अघिल्लो साता नेप्से परिसूचक १,२७२ दशमलव ४९ को विन्दुमा कायम भई बन्द भएको थियो भने यो साता नेप्से परिसूचक १,२६९ दशमलव ९२ को विन्दुमा कायम भई बन्द भएको छ ।
यो साता दोस्रो बजारमा ७१ लाख ९२ हजार कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ९७ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो साता ८५ लाख ९९ हजार कित्ता शेयर खरिद विक्री हुँदा १ अर्ब ९० करोड ११ लाख रुपैयाँको कारोबार भएको थियो ।

यो साता सबैभन्दा धेरै नेपाल बैंकको १३ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । यो साता टप टेन कारोबार गरेका कम्पनीहरुमा कृषि विकास बैंक, प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सिभिल बैंक, नबिल बैंक, शिवम् सिमेन्ट, अपर तामाकोशी एनआइसी एशिया बैंक र मेगा बैंक हुन् ।

यो साता जीवन बीमा समुहको २ लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा १६ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ भने निर्जीवन बीमा समुहको १ लाख ३१ हजार कित्ता शेयर ७ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS