नेपाल पुनर्बीमा कम्पनीमा भण्डारी बने निमित्त सिईओ

2434

काठमाडौं । चार वर्षे कार्यकाल सकिएर नेपाल पुनर्बीमा कम्पनीका सिईओ चिरायु भण्डारीले नियमित अवकास लिएपछि रिक्त उक्त पदमा सोही कम्पनीका दोस्रो बरियतामा रहेका दामोदर भण्डारीलाई नियुक्त गरिएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि नै लागू हुने गरी निमित्त कार्यकारी प्रमुखमा नियुक्त गरेको हो । नयाँ सिईओ नियुक्तीको लागि केही समय लाग्ने हुँदा उक्त अवधीका लागि नेपाल पुनर्बीमा कम्पनीले निमित्त प्रमुख कार्यकारी प्रमुखको जिम्मेवारी तोकेको हो ।

बीमा क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव भएका भण्डारी नेपाल पुनर्बीमा कम्पनीमा स्थापनाकालदेखि नै कार्यरत थिए । उनलाई कम्पनीको सञ्चालक समितिले साउन एक गतेदेखि लागु हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको जनाएको छ । निमित्त सिईओको जिम्मेवारी सम्हालेसँगै भण्डारीले परफमेन्स देखाउने राम्रो अवसर पाएका छन् ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्