IME Life

२०७६/७७ को मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्था सम्बन्धि यस्ता छन् व्यवस्था, पूर्णपाठ सहित

SPIL
NIC ASIA

अब बैंकहरुले बीमा पोलिसी विक्री गर्न नपाउने भएका छन् । आर्थिक बर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर चिरन्जीवी नेपालले बैंकहरुले बेच्दै आएका बीमा पोलिसी बेच्न नपाउने घोषणा गरेका हुन् ।

यस अघि बैंकहरुले बैंकास्योरेन्सको नाममा बीमा पोलिसी बेच्दै आएका थिए । गभर्नर नेपालले अब यसमा कडाई गरिने घोषणा गरेका हुन् ।

Prabhu
Crest

त्यस्तै, वाणिज्य बैंकहरुका साथै लघुवित्तको मर्जरलाई पनि सहुलियत प्रदान गर्ने गरी प्रोत्साहन गरिएको छ । बुधवार आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले २०७७ असार मसान्तसम्ममा एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई एकीकृत कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकहरुका लागि विद्यमान व्यवस्थाका अतिरिक्त थप सहुलियत दिने भएको हो ।

एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा निश्चित प्रतिशतभन्दा बढी शेयर स्वामित्व हुने शेयरधनीहरु भएका बैंक तथा वित्तीय संस्थालाई गाभ्ने र गाभिने र प्राप्तिमा प्राथमिकतामा राखी मर्जरमा लैजाने सम्बन्धमा आवश्यक व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ ।

उत्पादनमूलक क्षेत्रमा गरिने लगानी सम्बन्धी व्यवस्थालाई कायम राख्दै समय थप गरिएको छ । कर्जा एवम् स्रोत व्यवस्थापनका लागि केही पुरानै व्यवस्थालाई यथावत राखिएको छ भने केही नयाँ व्यवस्थाहरु पनि गरिएको छ ।

पूर्णपाठ सहित हेर्न यहाँ किलीक गर्नुहोस्

https://www.nrb.org.np/ofg/monetary_policy/Monetary_Policy_(in_Nepali)–2076-77_(Full_Text)-new.pdf

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS