ग्लोबल आइएमई बैंकद्धारा उग्रचण्डी नाला समाजलाई २ लाख सहयोग

ग्लोबल आइएमई बैंक लिमिटेडले शैक्षिक छात्रवृत्ति स्थापनाका लागि आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व शीर्षक अन्तर्गत उग्रचण्डी नाला समाजलाई शैक्षिक छात्रवृत्ति कोष स्थापनाको लागि २ लाख रुपैयाँ सहयोग गरेको हो ।

बैंकका सहायक महाप्रबन्धक आरती राणाले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेकि हुन् ।

बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न खालका सामाजिक कार्यहरुमा सहयोग पुर्याउदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार