IME Life

अधिकतम ८७ रुपैयाँ बोनस दिँदै गुँरास लाइफ, उछिन्यो नेपाल लाइफ लगाएतका अन्य ५ उत्कृष्ट कम्पनीलाई

SPIL
Sanima Reliance

गुँरास लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा बढी बोनस दिने कम्पनी बनेको छ । कम्पनीले प्रतिहजार ८७ रुपैयाँ बोनस कायम गरेको छ । नेपाली बीमा इतिहासमा यति धेरै बोनस कायम गर्ने पहिलो कम्पनी गुँरास लाइफ हो ।

जीवन बीमा लिने व्यक्तिको लागि कम्पनीले जारी गरेको बोनसदर महत्वपूर्ण हुन्छ । जसको बोनसदर सर्वाधिक छ, त्यस कम्पनीबाट कर्जा लिँदा, गर्दा, बीमा परिपक्वता रकम प्राप्त गर्दा र मृत्यू दाबी भुक्तानी लिँदा बढी प्रतिफल पाईन्छ । बीमा कम्पनीहरुले हरेक वर्ष बीमितलाई दिने बोनस दर घोषणा गर्ने गर्दछन् ।

Crest
Meta Holidays

आ.व. २०७४ ७५ को लागि कम्पनीहरुले बीमितलाई दिने बोनस दर सार्वजनिक गरिसकेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको बोनस दरलाई आधार मानेर हेर्दा सबैभन्दा धेरै बोनस दर कायम गर्ने कम्पनीका रुपमा गुँरास लाइफ इन्स्योरेन्स रहेको छ ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले १४ वर्ष सम्मको बीमा अवधिको लागि ५२, १५ देखि २९ वर्षको लागि ५७, २० देखि २४ वर्षको लागि ६२ र २५ वर्ष वा सो भन्दा माथिको लागि ८७ रुपैयाँ दिने भएको छ ।

यस्तै, इन्स्योरेन्सले सावधिक जीवन बीमालेख अन्तर्गत १४ वर्ष सम्मको बीमा अवधिको लागि ५१, १५ देखि १९ वर्षको लागि ५६, २० देखि २४ वर्षको लागि ६१ र २५ वर्ष वा सो भन्दा माथिको बीमा अवधिमा कम्पनीले ८६ रुपैयाँ दिने भएको छ ।

यस्तै, अग्रीम भुक्तानी सावधिक जीवन बीमालेखमा १४ वर्ष सम्मको लागि ४७, १५ देखि २९ वर्षको लागि ५२, २० देखि २४ वार्षको लागि ५७ र २५ वर्ष दिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफ, सूर्या लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन, मेट लाइफ, प्रभु लाइफ, सन नेपाल, आइएमई लाइफ, ज्योति लाइफ, रिलायन्स, सानिमा लाइफ, सिटिजन्स लाइफ, गुँरास लाइफ, एशियन लाइफ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आर्थिक वर्ष २०७४/७५ को लागि बोनस दर सार्वजनिक गर्ने बीमा कम्पनीहरु हुन् ।

नेपाल लाइफ,  लाइफ इन्स्योरेन्स कर्पोरेशन, मेट लाइफ, नेशनल लाइफ इन्स्योरेन्स र एशियन लाइफ सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये अब्बल कम्पनीका रुपमा चिनिने कम्पनी हुन् । यी कम्पनीहरुले आर्थिक वर्ष २०७४ ७५ को लागि बोनस दर सार्वजनिक गरिसकेका छन् ।

बीमा बजारमा अब्बल कम्पनीका रुपमा चिनिएका यी पाँच कम्पनी भन्दा गुँरास लाइफ इन्स्योरेन्सले बीमितलाई दिने बोनस बढी रहेको छ ।
हेरौँ अन्य ५ कम्पनीको बोनस दर कत्ति

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x