IME Life

हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप, साउन ३१ सम्म आवेदन दिन सकिने

SPIL
NIC ASIA

हिमालयन बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ । बैंकले म्याद थप गरी साउन ३१ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । यस अघि छिटोमा साउन ६ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो ।

बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले “हिमालयन बैंक लिमिटेड बण्ड २०८३” नामको ३० लाख इकाई बिक्रि गर्न लागेको हो । सात बर्ष अवधीको यो ऋणपत्रमा बैंकले बार्षिक दश प्रतिशतका दरले अर्धबार्षिक ब्याज भुक्तानी गर्ने जनाएको छ।

Prabhu
Crest

कम्पनीले साउन २ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको हो । बैंकले तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । यसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख इकाई सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख इकाई ठूला तथा संस्थागत लगानीकर्ता हरुलाई व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ।

लगानीकर्ताले न्युनतम २५ कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्ने छन् । ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS