प्राइमले कन्काई विकास बैंकलाई प्राप्ती गर्ने, दुवैले बोलाए एकै दिन विशेष साधारण सभा

61

प्राइम कमर्सियल बैंक र कन्काई विकास बैंकले साउन २२ गते विशेष साधारण सभा बोलाएका छन् । कन्काई र प्राइमको साउन ५ गते बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो ।

सभामा प्राइमले कन्काईलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्न दुवै बैंकले साधारण सभा बोलाएका हुन् ।

प्राइमले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजे विशेष साधारणसभा डकेको छ भने कन्काईले सोही समयमा गोर्खा डिपार्टमेन्ट स्टोर, झापामा विशेष साधारण सभा डाकेको छ ।

प्राइमले सभा गर्न साउन १४ गतेदेखि बुक क्लोज गर्ने भएको छ । साउन १३ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् । अब एक्विजिसन प्रक्रिया सम्पन्न भएपछि कन्काईका लगानीकर्ताले प्राइमको सेयर पाउनेछन् ।

सम्पति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदनका आधारमा सेयर स्वाप रेसियो तय हुनेछ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्