नबिल बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

89

नबिल बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो ३५ औं वार्षिक उत्सव मनाउने क्रममा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा १२ सय २ जना बैंकका कर्मचारीहरुबाट रक्तदान गरेका थिए ।

ग्रान्डी इन्टरनेशनल अस्पतालले देशमा रहेको विद्ममान रक्त अभावलाई ध्यानमा राख्दै नबिल बैंकको उक्त योगदानको प्रशंशा गरेको बैंकले जनाएको छ ।

त्यसै गरी, बैंकको ३५ औ“ बार्षिकोत्सवको अवसरमा गत हप्ता आयोजित बैंक स्तरीय फुटसल, क्रिकेट, ब्याड्मिन्टन, स्नुकर र चेस प्रतियोगिताका विजेता टिम र उपविजेता टिमहरुलाई नबिल बैंकका संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालले मेडल सहित पुरस्कारहरु वितरण गरेका थिए ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्