IME Life

माछापुच्छ्रे बैंक र सिटिजन्स बैंकलाई दाँजेर हेर्दा

SPIL
NIC ASIA

माछापुच्छ्रे बैंक र सिटिजन्स बैंकले आर्थिक वर्ष २०७५ /०७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । यी दुबै नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतपत्र प्राप्त वाणिज्य बैंक हुन् ।  इन्स्योरेन्स खबर टिमले यी दुबै बैंकलाई एकै ठाउँमा राखेर गरेको तुलनात्मक अध्ययन :

चुक्ता पूँजीको आधारमा :
माछापुच्छ्रे बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने सिटिजन्स बैंक इन्टरनेशनलको चुक्ता पूँजी ८ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

Prabhu
Crest

जगेडाकोष, संचित मुनाफा र शेयर प्रिमियमको आधारमा :

माछापुच्छ्रे बैंकको जगेडाकोषमा १ अर्ब ४५ करोड, संचित मुनाफा १ अर्ब ७० करोड र शेयर प्रिमियम शिर्षकमा  ३ करोड ८ लाख रुपैयाँ रहेको छ भने सिटिजन्स बैंक इन्टरनेशनलको जगेडाकोषमा २ अर्ब ७७ करोड, संचित मुनाफा १ अर्ब २६ करोड र शेयर प्रिमियम शिर्षकमा ४ करोड ६८ लाख रुपैयाँ रहेको छ।

निक्षेप र कर्जाको आधारमा :
सिटिजन्स बैंकको भन्दा निक्षेप संकलनमा माछापुच्छ्रे बैंक अगाडी रहेको छ भने कर्जा प्रवाहको आधारमा पनि माछापुच्छ्रे बैंक नै अगाडी रहेको छ ।

आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासमा माछापुच्छ्रे बैंकले ८५ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै सिटिजन्स बैंकले सोही अवधिमा ७० अर्ब ५० करोड निक्षेप संकलन गरी ६२ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

नोट : साउन ०५ गतेको बजार मुल्यको आधारमा मूल्य आम्दानी अनुपात र पीबी रेसियो गणना गरियो। 

खुद नाफाको आधारमा :
खुद नाफाको आधारमा पनि सिटिजन्स बैंकभन्दा माछापुच्छ्रे बैंक नै अगाडी रहेको छ । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासमा १ अर्ब ७० करोड रुपैयाँ खुद मुनाफा कमाएको छ भने सिटिजन्स बैंकले सोही अवधिमा १ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

प्रति शेयर आम्दानीको आधारमा :
प्रति शेयर आम्दानीको आधारमा माछापुच्छ्रे बैंक अघि छ । माछापुच्छ्रेबैंकको प्रति शेयर आम्दानी २१ रुपैयाँ १५ पैसा रहेको छ भने सिटिजन्स बैंकको प्रति शेयर आम्दानी १७ रुपैयाँ ७८ पैसा रहेको छ ।

मूल्य आम्दानी अनुपातको आधारमा :
मूल्य आम्दानी अनुपातको आधारमा दुवै समान जस्तै छन् । दुवै बैंकको मूल्य आम्दानी अनुपात १३ गुणा भन्दा मुनी छ।  १३ गुणा भन्दा मुनीको मूल्य आम्दानी अनुपातलाई सन्तोषजनक मानिन्छ।

वितरण योग्य मुनाफा र लाभांश दिने क्षमताको आधारमा :
वितरणयोग्य मुनाफाको आधारमा हेर्ने हो भने पनि माछापुच्छ्रे बैंक नै अगाडी रहेको छ । माछापुच्छ्रे बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ भने सिटिजन्स बैंकको १ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, लाभांश दिने क्षमता पनि माछापुच्छ्रे बैंक नै धेरै देखिन्छ । माछापुच्छ्रे बैंकको लाभांश दिने क्षमता १६ दशमलव ३९ प्रतिशत रहेको छ भने सिटिजन्स बैंकको १३ दशमलव ३७ प्रतिशत रहेको छ ।

निस्क्रिय कर्जाको आधारमा :
माछापुच्छ्रे बैंकको निस्क्रिय कर्जा ० दशमलव ३७ प्रतिशत छ भने सिटिजन्स बैंकको निस्क्रिय कर्जा १ दशमलव १९ प्रतिशत रहेको छ । त्यस्तै, माछापुच्छ्रे बैंकको सिसिडी अनुपात ७६ दशमलव ९८ प्रतिशत रहेको छ भने सिटिजन्स बैंकको सिसिडी अनुपात ७७ प्रतिशत छ ।

त्यस्तै दुवै बैंकको बेस रेट पनि १० प्रतिशतकै वरीपरी रहेको छ।

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS