IME Life

सहकारीको जागिर छोडेर अभिकर्ता पेशामा लागे- गोविन्द जोशी

SPIL
NIC ASIA
गोविन्द जोशी, एजेन्सी म्यानेजर, सिटिजन लाइफ इन्स्योरेन्स

२०५४ साल बझाङ जिल्लामा जन्मिएका गोविन्द जोशी पेशाले बीमा अभिकर्ता हुन् । हाल उनी भैसीपाटी बस्दै आएका छन् । व्यवस्थापन संकायमा स्नातक तह दोस्रो वर्षमा अध्यनरत जोशी अध्ययनको सिलसिलामा १४ वर्षकै उमेरमा काठमाडौँ प्रवेश गरेका थिए ।

सानैदेखि बैंकिङ क्षेत्रमा जागिर खाने लक्ष्य पछ्याएका जोशी बैंकिङ क्षेत्रको साटो बीमा क्षेत्रमा प्रवेश गरे । बीमा अभिकर्ता पेशामा जोडिनु पूर्व उनी एक सहकारी संस्थामा कार्यरत थिए । गोविन्द अहिले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजरका रुपमा काम गर्दै आएका छन् ।

Prabhu
Crest

२०७३ सालदेखि बीमा अभिकर्ता क्षेत्रमा प्रवेश गरेका जोशीले आफ्नो पेशा प्रति सन्तुष्ट रहेको बताउँछन् । २०७३ सालमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीबाट बीमा अभिकर्ताको इजाजत लिई काम शुरु गरेका जोशी दुई वर्षअघि सालमा नेपाल लाइफ इन्स्योरेन्समा जोडिन पुगेका थिए ।

बीमा क्षेत्रमा उनको इन्ट्रि पनि रोचक छ । आफ्नी दिदिको बीमा नविकरण गर्ने क्रममा जोशी एशियन लाइफ इन्स्योरेन्स कम्पनीको जावलाखेल शाखा कार्यालयमा पुगेका थिए । + २ मा अध्ययन गर्दै गरेका उनीलाई बीमा अभिकर्ता बन्नको लागि शैक्षिक योग्यताबारे जानकारी लिने क्रममा बीमा क्षेत्रमा प्रवेश गर्ने निधो गरे ।

सहकारी संस्थामा काम गर्ने जोशीका लागि बीमा कम्पनीमा प्रवेश एउटा अवसर थियो । जोशीले एशियन लाइफ इन्स्योरेन्स कम्पनीबाट बीमा अभिकर्ताको लाइसेन्स लिए । अभिकर्ताको लाइसेन्स पाएपछि जोशीले पहिलो बीमा पोलिसी आफ्नै भिनाजुको नाममा जारी गराउन सफल भए । यसले उनलाई हौसला दियो । अझै अघि बढ्ने निधो गरे ।

त्यसछि पनि उनले बीमा गराउन आफन्त खोज्ने क्रम रोकिएन । धेरैलाई बुझाउन नसक्दा आफन्त भए सजिलो हुन्छ भन्ने मान्यताले शायद काम गरेको थियो । सुरुवाती दिन सम्झदै जोशी भन्दछन्, “म आफैले बीमा राम्रोसँग नबुझिकनै आफन्तको बीमा गराए । किनकि म बीमा कम्पनीले अभिकर्ताहरुलाई दिने तालिममा सहभागी भएकै थिईन ।”

एशियन लाइफमै रहँदा नै जोशी अब बीमा क्षेत्रको बारेमा बुझ्न जान्ने भइसकेका थिए । बीमा बजारका बारेमा बुझ्न थाले । यही क्रममा नेपाल लाइफ इन्स्योरेन्समा जोडिन पुगे ।

बल्ल बीमाबारेमा बुझ्न थालेका जोशीले आफूले काम गर्ने सहकारी संस्थाका सञ्चालक नै सिटिजन लाइफ इन्स्योरेन्सको प्रमोटर शेयर होल्डरहरु रहेको चाल पाएपछि उनी सिटिजन्स लाईफ इन्स्योरेन्स तर्फ मोडिए ।

उनी २०७५ बैशाख १ गते तेस्रो बीमा कम्पनीको रुपमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा अभिकर्ताको रुपमा जोडिन पुगे । ‘करियर विकास गर्ने क्रममा म अभिकर्ताको पेशामा भने सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा आवद्ध भएपछि मात्रै लागे’ जोशी आफ्नो अनुभव सुनाउँछन्, ‘त्यसअघि मैले जति बीमा गरे, जानी नजानी गरे ।’

सिटिजन लाइफमा जोडिए पछि आफुलाई त्यहाँको टिम, अभिकर्तालाई दिईने प्रभावकारी तालिमका कारण अझै शसक्त रुपमा बीमा क्षेत्रमा अघि बढ्न सकेको अनुभव सुनाउँछन् । ‘यहाँको सर्पोटिप टिमले नै मलाई माथि बढ्ने हौसला सृजना गर्थ्यो । त्यसैले आज म बीमा अभिकर्ता पेशामा रहिरहेको छु । काम गर्दै जाँदा आफुलाई सिटिजन लाइफको बीमा पोलिसी मन पर्छ । यही पोलिसीमा व्यापार गर्न सजिलो भएको छ ।’

जोशी भन्छन्, ‘जब म सिटिजन लाइफमा बीमा अभिकर्ताको रुपमा आए मैले काम गर्ने सहकारीमा एक महिनामा काम गरेर पाउने तलव बराबरको रकम मैले बीमा क्षेत्रमा आम्दानी गरेर कर नै तिरे त्यो पनि एक महिना मै ।’

बीमा अभिकर्ता आफ्नो व्यापार नै हो, कसैको अण्डरमा बस्नु नपर्ने, आफ्नो आवश्यकता अनुसारको आम्दानी गर्न सकिने भएकाले गर्दा पनि आफु काम गरिरहेको सहकारीको जागिर छोडर अब जोशी पूर्णकालिन बीमा अभिकर्ता बने ।

गोविन्दले बीमा अभिकर्ता र सहकारीको जागिरलाई तुलना बाल्टिनको पानी र समुन्द्रको पानी मानेर तुलना गरे । जागिरलाई बाल्टिनको पानी र अभिकर्ता पेशालाई समुन्द्रको पानीसँग दाज्दै जोशीले भने, ‘जागिर भनेको एउटा बाल्टिन हो, किनकि जति नै राम्रो काम गरे पनि त्यहि बाल्टिन भरिको मात्र पानी लिन सक्छौँ । तर समुन्द्रबाट त चाहे जति पानी निकाल्न सक्छौ, आफ्नो व्यापार बढाएर ।’

बजारमा देखिएका केही गलत अभ्यासका कारण भने बीमा अभिकर्ता पेशामा चुनौतीहरु देखा परेको बताउने जोशी भन्छन्, ‘लाइसेन्स वितरण व्यवस्थित रुपमा नगरिनु, तालिममा सहभागी नभए पनि अभिकर्ताको लाइसेन्स दिनु जस्ता चुनौतीहरु बीमा व्यवसायमा देखा परेको छ । यस्तो खालको विकृतिलाई नियामक निकायहरुले हेर्नुपर्छ ।’

बढ्दो प्रतिस्पर्धाले बीमितहरुलाई कमिशन छोड्नु अर्को बीमा क्षेत्रमा देखा परेको समस्या रहेको जोशीको धारणा छ । उनी भन्छन्, ‘हरेक ग्राहक माँझ बीमा प्रस्ताव लिएर जाँदा तपाईहरुलाई मेरो बीमा मार्फत कमिशन आउने रहेछ मलाई कत्ति छोड्नु हुन्छ भन्ने प्रश्न गरेरै हैरान पार्छन ।’ यस्तो अवश्थामा भने अभिकर्ता स्वयम चनाखो हुनु पर्ने कुरामा उनको धारणा छ ।

“अभिकर्ता पेशा आर्थिक रुपमा सबल हुने र सामाजिक पेशा हो । बीमा अभिकर्ता बीमा कम्पनी र बीमितहरुको बीचमा पुलको रुपमा रहेर काम गर्ने सम्मानित पेशा हो ।” जोशी भन्छन् ।

बीमा अभिकर्तामा केही गुणहरु नभई नहुने उनी बताँउछन् । समय अनुसार चल्न सक्नु, ग्राहकको इच्छालाई मध्यनजर गर्नु, सत्य बोल्नु, सम्मानपूर्वक जवाफ दिनु अभिकर्तामा हुनुपर्ने गुण हो ।

हरेक अभिकर्ताले बीमितको बीमा अवधिभर साथ दिनुपर्छ । प्रिमियम तिर्ने अवधि लगायतका कुराहरुमा बीमितलाई सजग गराउनु जुनसुकै अभिकर्ताको जिम्मेवारी रहेको धारणा राख्ने जोशी भन्दछन्, “बीमितको बीमा पोलिसि अवधिभरि सेवा दिनु अभिकर्ताको कर्तव्य हो ।”

बीमा जोखिम बहन गर्ने एक महत्वपूर्ण पाटो हो । बीमा बचत र लगानी दुवै हो ।

बीमा समितिले बीमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नको लागि कम्पनीहरुलाई राम्रोसँग अनुगमन गर्नुपर्ने उनको धारणा छ । अभिकर्ताको लाइसेन्स लिनको लागि तोकिएको शैक्षिक योग्यतामा पनि नियामक निकायले हेरफरे गर्नुपर्ने कुरामा जोशीले जोड दिए । बीमा क्षेत्रको दक्ष जनशक्ति भनेको बीमा अभिकर्ता नै हुन् । त्यसैले अभिकर्ताहरुलाई क्षमता अभिबृद्धि हुने खालका तालिम दिनु पर्छ, उनले थपे ।

कुनै पनि ग्राहक सामू बीमा प्रस्ताव लिएर जानु पूर्व उसको आर्थिक अवस्था, पारिवारिक अवस्थाका बारेमा बुझेर जाने गरेको उनले बताए ।

७३ सालदेखि बीमा अभिकर्ता पेशामा आवद्ध रहँदै आएका जोशीले आगामी दिनमा पनि यही क्षेत्रमा नै रहने बताए । ‘अझै निखारिएर जाने छु’ । गोविन्दको अबको उद्देश्य भावी सिईओ भन्ने रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS