IME Life

सिडिएससीविरुद्ध मोफसलका शेयर लगानीकर्ता आन्दोलनमा

SPIL
NIC ASIA

काठमाडौं । सिडिएससीले अबैज्ञानिक तरिकाले पुँजिगत लाभकर असुल गर्न थालेको विरोधमा राजधानी बाहिरका शेयरलगानीकर्ताहरु पनि आन्दोलित भएका छन् । प्रदेश पाँच शेयर लगानीकर्ता फोरम पनि सिडिएससीका विरुद्धका आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

बुटवल मुख्य कार्यालय रहेको प्रदेश पाँच शेयर लगानीकर्ता फोरमका उपाध्यक्ष गोपी राज भुषालले शनिबार एक प्रेस बिज्ञप्ति जारी गर्दै सिडिएससीको कर गणना विधिको विरोध जनाएका हुन् । सो संघले सिडिएससीले लागू गरेको भारित गणना विधि तत्काल खारेज गरी वैज्ञानिक र यथार्थपरक गणना विधिद्वारा गणना गर्ने व्यवस्था मिलाउन माग गरेका छ ।
बिज्ञप्तिमा भनिएको छ, ‘साउन १ गतेदेखि सिडिएससीले लागू गरेको पुँजिगत लाभकर गणना विधि हामी लगानीकर्ताहरु माँझ प्रयोगमा ल्याउन खोजिएको छ । जुन अत्यन्तै झन्झटिलो, अव्यवहारिक र त्रुटीपूर्ण रहेको छ । यसै सन्दर्भमा सिडिएससीको निर्देशनले हामी लगानीकर्ताहरुको मनोवल र पुँजिबजारप्रतिको सकारात्मक सोचलाई निस्तेज पार्ने निश्चित छ ।’

Prabhu
Crest

बिज्ञप्तिमा केन्द्रीय संघहरुले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको उल्लेख छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS