IME Life

पाँच हजार कर्मचारी कारवाहीमा पर्दै

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । राज्य कोषबाट तलबभत्ता बुझ्ने १७ हजारभन्दा बढी राष्ट्रसेवक कर्मचारीहरु अख्तियार दुरुपयोग अनुन्धान आयोगको कारवाहीमा पर्ने भएका छतन् । उनीहरुले आर्थिक वर्ष २०७५/७६ मा आफ्नो सम्पत्ति विवरण नबुझाएको अभियोगमा राष्ट्रिय सतर्ककता केन्द्रको सिफारिसमा कारवाही गर्न लागेको हो । केन्द्रमा सिफारिसमा आयोगले कारवाही गर्ने कानुनी व्यवस्था छ ।

राष्ट्रिय सतर्कता केन्द्रका अनुसार आर्थिक वर्ष २०७५/७६ मा कर्मचारीसहित स्थानीय जनप्रतिनिधि लगायत १७ हजार १ सय २७ जना सार्वजनिक पदधारण गरेका व्यक्तिले सम्पत्ति विवरण नबुझाएको उल्लेख छ ।

Crest

केन्द्रका अनुसार २०७५/७६ मा राज्यकोषबाट तलबभत्ता बुझ्नेमध्ये पाँच लाख ४ सय ७८ जनाले मात्र सम्पत्ति विवरण बुझाएका छन् । सम्पत्ति विवरण नबुझाउनेमा बढी शिक्षक रहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ११ हजार १ सय ५७ शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् । निजामती कर्मचारीमध्ये एक हजार ९ सय ३९ जनाले सम्पत्ति विवरण बुझाएनन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने राष्ट्रसेवकहरूलाई कारबाही स्वरूप ५ हजार रुपैयाँका दरले जरिवाना गर्नेछ । भ्रष्टाचार निवारण ऐनमा नै सम्पत्ति विवरण नबुझाउनेलाई ५ हजार जरिवाना हुने व्यवस्था छ ।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै केन्द्रले सार्वजनिक पदधारण गरेका व्यक्तिलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र आफ्नो सम्पत्तिको अद्यावधिक विवरण बुझाउन सर्कुलर जारी गरिएको केन्द्रले जनाएको छ ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका कर्मचारीले पनि नयाँ आर्थिक वर्षको सुरुवातसँगै आफ्नो सम्पत्ति विवरण गोप्य रुपमा केन्द्रमा बुझाउनु पर्नेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS