Prabhu Life Ad Final

सिडिएससी विरुद्ध लगानीकर्ता आन्दोलित

IME PAY

काठमाडौं । शेयर कारोबारलाई सहजिकरण गर्न नेप्सेले लागू गरेको सिडिएससीविरुद्ध लगानीकर्ताहरु आन्दोलित भएका छन् । लगानीकर्ताहरुको संस्था नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघले सीडीएससीको लाभकर गणना विधि त्रुटीपूर्ण रहेको भन्दै आन्दोलित भएका हुन् ।

उनीहरुले शुक्रबार नेपाल धितोपत्र बोर्डमा पुगेर सिडिएससीविरुद्ध संयुक्त रुपमा विरोध जनाएका छन् । लाभकर गणना गर्दा भारित औसत विधिबाट स्वयं लाभकर घोषणा गर्ने निर्देशनविरुद्ध सिडिएससीले गणना गरेपछि आक्रोसित लगानीकर्ताहरु शुक्रवार नेपाल धितोपत्र बोर्डमा पुगेका छन् ।

NCHL

यसैबीच, पूँजीगत लाभकरको निर्धारण गर्दा सिडिएससी त्रुटीपूर्ण तरिकाले गरेको भन्दै सच्याउन नेपाल इन्भेष्टर्भ फोरमले माग गरेको छ । फोरमका अध्यक्ष छोटेलाल रौनियारले विज्ञप्ती प्रकाशित गरी सिडिएससी र ब्रोकरले पूँजीगत लाभकरका विषयमा झण्झटिलो र अव्यवहारिक नियम ल्याएको उल्लेख गर्दै तत्काल हटाउन माग गरेका छन् ।

बक्तव्यमा भनिएको छ, ‘नेपाल सरकारले स्पष्टसँग भारित औसत दरमा पूँजीगत लाभकर निर्धारण गर्न ऐन संसोधन भई कार्यान्वयनमा आईसकेको र पूँजीबजारमा लगानी गर्ने लगानीकर्ताको सम्पूर्ण कारोबारको विवरण, लागतसमेत सीडीएससी र ब्रोकर कम्प्युटर सिस्टममै रहेको र सोअनुसार नै भारित औसत दरमा पूँजीगत लाभकर प्रविष्ट गर्ने गरी गत वर्ष सर्वपक्षीय सहमति भएको फोरमले स्मरण गराएको छ । भारित औसत दरमा पूँजीगत लाभकरको निर्धारण सीडीएससीबाट गराउने व्यवस्था नभए गत वर्षझै आन्दोलनमा उत्रिने फोरमले चेतावनी दिइसकेको छ ।’

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x