IME Life

शोधानान्तर घाटा ९० अर्ब ८३ करोड पुग्यो

SPIL
NIC ASIA

आर्थिक वर्ष २०७५/०७६ को ११ महिना शोधनान्तर घाटा चुलिएको छ । समीक्षा अवधीमा ९० अर्ब ८३ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा जम्मा चार अर्ब ३४ करोड रुपैयाँ मात्र थियो ।

आयातमा भएको उच्च वृद्धि, घट्दो रेमिटयान्स आप्रवाह र विदेशी लगानीको लाभांश भुक्तानीमा भएको उच्च वृद्धि लगायतका कारणले शोधानान्तर घाटामा बृद्धि आएको हो । शोधनान्तर घाटाले समग्र अर्थव्यवस्थामा नकारात्मक असर पर्ने छ।

Prabhu
Crest

शोधानान्तरले मुलुक भित्रने र बाहिरीने रकमबीचको अवस्था देखाउँछ । बाहिरिने भन्दा भित्रने रकम बढी भएमा शोधानान्तर बचतमा हुन्छ । भित्रनेभन्दा बाहिरिने रकम बढी भएमा शोधानान्तर स्थिति घाटामा हुन्छ । शोधनान्तर घाटामा रहँदा खासगरी विदेशी लगानी निरुत्साहित हुन्छ ।

उत्पादनमा नकारात्मक प्रभाव पर्ने भएकाले मुलुकको परनिर्भरता बढ्छ र विदेशी विनिमय सञ्चितिमा ह्रास आउने हुँदा शोधानान्तर घाटा बढ्दा मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पर्दछ ।

केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को ११ महिना (जेठ) वित्तियविवरणमा शोधानान्तर घाटा बढेको देखाएको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS