IME Life

सिटिजन लाइफको प्रथम बीमा शुल्क १ अर्बमाथि, ७५ करोडको आइपीओ जारी गर्ने

SPIL
NIC ASIA

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५।०७६ मा प्रथम बीमा शुल्क १ अर्बभन्दा बढी संकलन गर्न सफल भएको छ । सो अवसरमा कम्पनीले एक कार्यक्रमको आयोजना गरी खुसियाली मनाएको छ । कार्यक्रममा सञ्चालक समितिको तर्फबाट सञ्चालक दिपप्रकाश पाण्डेले कम्पनी सञ्चालनको दोश्रो वर्षमा नै १ सय करोड भन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएकोमा व्यवस्थापन समूह, कम्पनीको बजार व्यवस्थापन लगायत विभिन्न विभागमा कार्यरत सम्पूर्ण कर्मचारी एवम् कम्पनीका अभिकर्तालाई धन्यवाद दिए ।

साथै कम्पनी सञ्चालक पाण्डेले कम्पनी सञ्चालन गर्न सञ्चालक समितिले नीतिगत व्यवस्था गर्ने र कम्पनी सञ्चालन व्यवसायिक विज्ञद्वारा हुने धारणा समेत सोही कार्यक्रममा बताए ।

Prabhu
Crest

सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलले कम्पनीको व्यवसायिक विकास एवम समुन्नतीसंगै कर्मचारीको वृत्ति विकास हँुदै जानुका साथै यस वर्षको उपलब्धिले थप उर्जा प्रदान गरेको र आगामी वर्ष यो भन्दा अझ राम्रो व्यवसाय गर्न हौसला प्राप्त भएको बताए ।

यसका साथै कम्पनीले एक सय करोड भन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्न सहयोग पु-याउने नियमनकारी निकाय, सञ्चालक समिति, संस्थापक शेयरधनीहरु, सम्पूर्ण कर्मचारी,अभिकर्ता मित्रहरु तथा कम्पनीद्वारा प्रचलनमा ल्याइएका बीमालेख प्रति विश्वास गरी सो खरिद गर्ने सम्पूर्ण बीमितहरु,एवम् यस उपलब्धिमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु-याउने सम्पूर्ण सरोकारवालाहरु प्रति आभार व्यक्त गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतले आगामी वर्ष नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति लिई कम्पनीले ७५ करोडको शेयर सर्वसाधारणलाई जारी गर्ने जानकारी दिए ।

कम्पनीको नेपालभर छरिएर रहेका ७९ शाखा कार्यालयहरुमा समेत विभिन्न कार्यक्रम गरी यस सफलताको खुसियाली मनाएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS