IME Life

बीमा शुल्कको आधारमा शिखर बन्यो पहिलो, सानिमा अन्तिम

SPIL
NIC ASIA

आर्थिक वर्ष २०७५/०७६ मा निर्जिवन बीमा कम्पनीहरुले संकलन गरेको कूल बीमा शुल्कको आधारमा शिखर इन्स्योरेन्स कम्पनी पहिलो बनेको छ भने सानिमा जनरल इन्स्योरेन्स कम्पनी अन्तिम बनेको छ । शिखर इन्स्योरेन्स कम्पनीले कूल तीन अर्ब ५१ करोड ९३ लाख ३९ हजार ५६३ रुपैयाँ बीमा शुल्क संकलन गरी यस वर्ष पनि पहिलो नम्बरमा राख्न सफल भएको हो ।

त्यस्तै सानिमा इन्स्योरेन्स कम्पनीले भने जम्मा १९ करोड ५८ लाख ५५ हजार १३१ रुपैयाँ बीमा शुल्क संकलन गरी बजारमा बीमा पहुँच बृद्धि गर्न सक्रिय छ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी नयाँ खुलेका कम्पनी मध्येका एक हो ।

Prabhu
Crest

बीमाको पहुँच बृद्धि भएको तथ्य बीमा शुल्क संकलनमा भएको बृद्धिबाट समेत खुलेको छ । निर्जिवनतर्फ बीमा शुल्क बृद्धि भई २५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बीमा शुल्क जम्मा २२ अर्ब १९ करोडमा सीमित थियो । समीक्षा अवधीमा १५ प्रतिशत निर्जिवन बीमा शुल्क आम्दानीमा बृद्धि भएको छ ।

पहिलो नम्बरमा पर्ने शिखर इन्स्योरेन्स कम्पनी अघिल्लो वर्ष पनि शीर्ष स्थानमै थियो । अघिल्लो वर्ष तीन अर्ब ३७ करोड बीमा शुल्क संकलन गरेको कम्पनीले यस वर्ष बीमा शुल्क आम्दानीमा चार दशमलव १५ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । त्यस्तै उसले बजार हिस्सा पनि बढाएको छ ।

बीमा शुल्क संकलन गरेको आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी दोस्रो नम्बरमा परेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले दुई अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा सो कम्पनीले एक अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । उसले गत आर्थिक वर्षमा १६.६७ प्रतिशतले बीमा शुल्क आम्दानीमा बद्धि गर्न सफल भएको छ । तीव्र रुपमा बजार विस्तार गर्ने कम्पनीको आधारमा भने सगरमाथा कम्पनीको प्रगति उल्लेखनीय रहेको छ ।

बीमा समितिबाट अनौपचारिक रुपमा प्राप्त तथ्याङ्कको आधारमा नेको इन्स्योरेन्स कम्पनी तेस्रो स्थानमा देखिएको छ । अघिल्लो वर्ष चौथो स्थानमा रहेको नेको यो वर्ष तेस्रो स्थानमा आएको हो । नेको इन्स्योरेन्सले १ अर्ब ९१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष नेकोले १ अर्ब ६५ करोड बीमा शुल्क आर्जन गरेको थियो ।

उता, सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनी आठौं नम्वरमा परेको छ । राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ । आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब २६ करोड ६८ लाख रुपैयाँ तथा लुम्बिनीले १ अर्ब २६ करोड ६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

नेपालको सबैभन्दा पुरानो बीमा कम्पनी नेपाल इन्स्योरेन्सले १ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS