IME Life

२० हजार इन्जिनियरको बीमा घोषणा गरिदै

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिशनमा आबद्ध २० हजार इन्जिनियरहरुको बीमा गरिने भएको छ । ५७ औ इन्जिनियरिङ दिवसको अवसरमा शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए)ले २० हजार इन्जिनियरहरुको बीमा गराउने घोषणा गर्दैछ ।

राष्ट्रिय बीमा कम्पनीसँगको सहकार्यमा दशैभरिका इन्जिनियरहरुको बीमा गर्न लागिएको हो । हरेक वर्ष साउन ३ गते ‘इञ्जिनीयर दिवस’ मनाउने निर्णय गरेको एशोसिएसनले यस वर्ष इञ्जिनियर दिवसको नारा ‘समृद्ध नेपाल निर्माणका लागि इञ्जिनीयरिङ सेवा’ तय गरेको छ ।

Prabhu
Crest

०७५ असार मसान्तसम्म एनइएको सदस्यता नवीकरण गर्ने इञ्जिनीयरहरुको सामूहिक बीमा गर्ने योजना सुरु गरिएको नेपाल इन्जिनियर्स एशोसिएशनले जनाएको छ ।

राष्ट्रिय बीमा कम्पनीसँग सहकार्य गरेर हरेक इन्जिनियरको एक वर्षका लागि १० लाख रुपैयाँबराबरको बिमा गर्ने लागेको राष्ट्रिय बीमा कम्पनीका मुख्य यवस्थापक सुवास कोईरालाले बताए ।

एनइएले यस सुविधा अन्तर्गत सामूहिक दूर्घटना बीमा अन्तर्गत सडक दुर्घटना, अगंभग भएको अवस्थामा, शारिरीक अशक्तता भएको खण्डमा प्रतिव्यक्ति १० लाख सम्मको सेवा सुविधा प्राप्त गर्न सक्ने र मृत्युवरणको अवस्थामा बीमीतको परिवारलाई दशलाख रुपैयाँ बराबर रकम कम्पनीले बीमीतलाई हस्तान्तरण गर्न उनले बताए ।

यसका लागि कम्तिमा ५० लाख रुपैयाँसम्मको प्रिमियम रकम एनइए आफैंले जम्मा गर्ने जनाएको छ । सुरुमा एक वर्षका लागि गर्ने र त्यसपछि हरेक वर्ष नवीकरण गर्दै जाने एनइएको योजना छ । बीमा बापतको रकम कार्यक्रम तथा सदस्यता नवीकरण स्रोतबाट जुटाइने जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS