पुनर्बीमा कम्पनीका सिईओ भण्डारीको कार्यकाल समाप्त

542

काठमाडौं । नेपाल पुर्नबीमा कम्पनीका सिईओ चिरायु भण्डारीको कार्यकाल सकिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भण्डारीको चार बर्षको कार्यकाल अवधि गत असार मसान्तसँगै सकिएको हो ।

उनले २०७२ साल साउन १ गते नेपाल पुर्नबीमा कम्पनीमा सिईओको कार्यभार सम्हालेका थिए । उनको कार्यकालमा इक्रा ग्रेडिङमा नेपाल पुनर्बिमा कम्पनीले ग्रेड२ स्थानमा पुग्न सफल भएको थियो । पुनर्बिमा कम्पनीको स्थापनासँगै नेपालबाट ठूलो रकम विदेशीन बन्द भएको थियो । नेपाल पुनर्बिमा कम्पनी छोडेसँगै भण्डारी केही समय आराम गरी ‘रिफ्रेस’ हुने प्रतिक्रिया इन्स्योरेन्स खवरलाई दिएका छन् ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्