IME Life

कृषि क्षेत्रबाट १० महिनामा १५ अर्ब बीमा शुल्क संकलन

SPIL
NIC ASIA

काठमाडौं । बाली तथा पशुपक्षी बीमा कार्यक्रम पछिल्लो पटक निकै प्रभावकारी बन्दै गएको छ । विगतमा वर्षहरुमा न्यून हुने कृषि बीमा शुल्क गत आवको १० महिनामा उल्लेख्य रुपमा संकलन भएको छ । सरकारले विशेष जोड दिएको यो बीमामा सरकारले किसानले तिर्नु बीमा प्रिमियम बापतको ७५ प्रतिशत रकम सरकारले तिर्ने भएपछि कृषकहरुका त्यसतर्फ आकर्षण बढेको हो ।

पशु धनीहरुले आफ्नो पशुहरुमा हुन सक्ने जोखिमवाट सुरक्षित रहन गरिने बीमा नै पशु बीमा हो । सरकारले कृषकहरुलाई कृषि तथा पशुपालन व्यवसायमा उन्नत प्रविधि अपनाउन, लगानी बढाउन, आफ्नो व्यसायलाई विस्तार गर्न, लगानीको सुरक्षित र जोखिम कम गर्नेको लागि निर्जीवन बीमा कम्पनीहरुले कृषि बीमा अन्र्तगत पशु बीमा योजनाहरू संचालनमा ल्याएसंगै पछिल्लो समयमा प्रभावकारी बन्दै गएको हो ।

Prabhu
Crest

समितिको तथ्याङक अनुसार श्रावण देखि बैशाख मसान्तसम्म कृषि बीमा अन्तर्गत बाली मार्फत ७५ करोड २२ लाख ९ हजार रुपैयाँ बराबरको बीमाङ्क संकलन गरेको छ ।समितिको बैशाख मसान्तसम्मको तथ्याङ्क अनुसार पशुपन्छी बीमातर्फ करिव १५ अर्व ५३ करोड ५५ लाख भन्दा बढि बीमांक रकम संकलन गरेको छ ।

बाली बीमा
बाली बीमा अन्तर्गत श्रावणदेखि बैशाख मसान्तसम्मको कुल ७५ करोड २२ लाख ९ रुपैयाँ बराबरको बीमांक रकम संकलन भएको छ । सोही अवधिमा कुल ३ करोड ५७ लाख ८७ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन भएको छ । बीमा समितिको तथ्याङ्कमा उल्लेख छ ,भने २ करोड ६८ लाख ४० हजार ५५ सय ६ रुपैयाँ अनुदान दिइएको छ ।

पशुपन्छी बीमा
बाली बीमा अन्तर्गत श्रावणदेखि बैशाख मसान्तसम्मको कुल १५ अर्ब ५३ करोड ५५ लाख ४९ हजार रुपैयाँ बराबरको बीमांक रकम संकलन भएको छ । सोही अवधिमा कुल ६९ करोड ४३ लाख ३१ हजार रुपैयाँ बराबरको बीमाशुल्क आर्जन भएको बीमा समितिको तथ्याङ्कमा उल्लेख छ ,भने ५२ करोड ७ लाख ३१ हजार ७५ सय ७ रुपैयाँ अनुदान दिइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS