IME Life

सिटिजन लाईफमा बैदेशिक रोजगार बीमा गरेका ३५ जनाको मृत्यु, चार करोड २२ लाख दावी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनीमा बैदेशिक रोजगार बीमा गरेका मध्ये ३५ जनाको विदेशमा काममा रहेकै बखत मृत्युवरण गरेका छन् । मृतकका आश्रित परिवारलाई कम्पनीले चार करोड २२ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ ।

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको तथ्याङक अनुसार वैदेशिक रोजगार बीमा गरी रोजगारीको सिलसिलामा विदेश गएका मध्ये ३५ जनाको मृत्यु भएको र ११ जना विभिन्न दुर्घटना वा अन्य कारणले अशक्त हुन पुगेको जनाएको छ । कम्पनीले वैदेशिक बीमा अन्तर्गत शारिरीक अशक्तता भएका बीमीतको ११ लाख ८१ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

Prabhu
Crest

वैदेशिक रोजगार अन्तर्गत घातक रोग लागेका आठ जनालाई ४० लाख रुपैयाँ भुक्तानी गरेको छ । वैदेशिक रोजगार अन्तर्गत जम्मा ५४ जना बीमितको दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ । साथै, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मृत बिमितको ३० लाख ५१ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले ८ जना मृत बिमितको रकम भुक्तानी गरेको हो ।

कम्पनीले स्थापनाकालदेखि हालसम्म ६२ जना विमितलाई दाबी भुक्तानी गरिसकेको छ । सिटिजन लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) पोषक राज पौडेलले जीवन बीमाको बजारमा पछिल्लो समय दाबी भुक्तानीमा कुनै समस्या नरहेको उनले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS