IME Life

जीवन बीमाको दुरुपयोग बढ्दै, मृतक नेपालीको करोडको बीमा दावी नपाउने

SPIL
NIC ASIA

काठमाडौं । एक करोड रुपैयाँको जीवन बीमा गरेर श्रीमतीको हत्या गरी करोड रुपैयाँ आर्जन गर्ने अनि नयाँ घरजम गर्ने योजनामा रहेका पोखराको चिप्लेढुंगामा मोबाईल व्यवसाय गर्दै आएका रमेश नेपालीको योजना भताभुंग भएको छ । त्यसअघि जीवन बीमा बापतको पच्चिस लाख रुपैयाँ लिन ३९ बर्षिय बाबुले आफ्नी चार बर्षिय छोरीको हत्या गरेपछि हाल जेल जीवन बिताइरहेका छन् ।

नेपाली जीवन बीमा क्षेत्रमा घटेका यी दुई प्रतिनिधिमूलक घटना हुन् । जीवन बीमाका बारेमा आवश्यक प्रचार प्रसार नपुग्दा पैसा कमाउने लोभमा आफन्तको हत्या गर्ने डरलाग्दो प्रवृत्तिको विकास हुन पुगेको संकेत बुधबार पोखरामा सार्वजनिक भएको घटनाबाट भएको छ ।

Prabhu
Crest

एक करोड रुपैयाँ बीमा दावी रकम लिने र नयाँ प्रेमिकासँग घरजम गर्ने रमेशको योजना त्यतिबेला तासको मझल झै ढल्यो जतिबेला प्रहरीले घटनामा उनी स्वयम र प्रेमिका समेत भएको तथ्य उजागर गर्यो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार हत्यामा संलग्न नेपालीले श्रीमती लक्ष्मी नेपालीको नाममा युनियन लाईफमा २०७५ फागुन २९ गते एक करोडको जीवन बीमा गराएका थिए ।

सिंगो बीमा क्षेत्रमाथि प्रश्न चिन्ह उठाउने गरी भएको यो घटनाको पृष्ठभूमिका यसअघि यस्तै खालको अर्को घटनामा रौतहटमा पनि भएको थियो । रौतहटमा पाँच लाख रुपैयाँ बीमा रकम लिन आफ्नी चार बर्षिय छोरीको हत्यामा संलग्न मौलापुर–६, रौतहटका राम किशोर राय यादवलाई प्रहरीले कानुनी कारवाही सुरु गरिसकेको छ ।

करोडको बीमा गरे आफ्नै श्रीमतीको हत्यामा संलग्न रमेश नेपालीले श्रीमतीको जीवन बीमा बापतको बीमा दावी रकम नपाउने भएका छन् । युननियन लाईफ इन्स्योरेन्समा २०७५ फागुन २९ गते जीवन बीमा बीमा पोलिसी जारी भएपनि नोमिनी नै हत्यामा संलग्न भएको तथ्यको उजागरसँगै उनले श्रीमतीको हत्यामा संलग्न नेपालीले बीमा बापतको एक करोड रुपैयाँ नपाउने भएका हुन् । युनियन लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्णले बीमा नियम अनुसार नोमिनीले बीमितको हत्या गरेको अवस्थामा बीमा दावी गर्न नसक्ने बताए ।

सिईओ कर्णले इन्स्योरेन्स खवर डटकमसँग भने, ‘हाल अदालतको कार्यक्षेत्रभित्रको मुद्दा भएका कारण मैले यो विषयमा अहिले नै बोल्न मिल्दैन । इच्छाएको व्यक्ति हत्यामा संलग्न भएको हो होइन भन्ने कुरा अदालतबाट पुष्टि हुनुपर्दछ अनि मात्रै हाम्रो पालो आउँछ । बीमा नियम अनुसार भन्ने हो भने नोमिनीले नै बिमितको हत्या गरेको अवस्थामा बीमा दावी हुनसक्दैन ।’

युनियन लाईफको पोखरा क्षेत्रीय कार्यालयका अनुसार रमेश नेपालीले लमजुङ बेसीशहर बस्ने अविनाश श्रेष्ठमार्फत बीमा गराएका थिए । श्रेष्ठ अभियुक्त नेपालीको साथी भएको तथ्य खुलेको छ । दमौलीस्थित शाखा कार्यालयमा अभिकर्ताको रुपमा कार्यरत श्रेष्ठले रमेश नेपालीको नाममा १७ लाख रुपैयाँ र निजकी श्रीमती लक्ष्मी नेपालीको नाममा एक करोड रुपैयाँको बीमा गराएका थिए ।

पहिलो प्रिमियम बापत उनले पाँच लाख रुपैयाँ बीमा कम्पनीमा बुझाएको खुलेको छ । युनियन लाईफ क्षेत्रीय कार्यालय पोखराका प्रमुख टुल्कनाथ आचार्यका अनुसार कम्पनीले निजको आर्थिक स्रोत, बैंक स्टेटमेन्ट लगायतका तथ्यहरु अध्ययन गरेरै बीमा गरेको बताउँछन् ।

उता, प्रहरीले भने नेपालीको जीवन बीमा गर्ने आम्दानीको स्रोतमाथि नै शंकाको दृष्टिले हेरेको छ । पोखरामा सामान्य मोबाईल पसल सञ्चालन गर्दै आएका उनले पाँच लाख रुपैयाँ आम्दानीको स्रोत समेत शंकास्पद रहेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता राजकुमार केसीले भने, ‘हामीलाई उनले सञ्चालन गरेको व्यवसायबाट दुई वटा छोराछोरीको खर्च, घर खर्च धानेर बार्षिक पाँच लाख रुपैयाँ जीवन बीमा भुक्तानी गर्न सक्छन्, जस्तो लागेको छैन, यस विषयमा पनि अनुसन्धान भइरहेको छ ।’

लक्ष्मी नेपालीको हत्यामा संलग्न उनका श्रीमानसहित ४ जनालाई कास्की प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरिसकेको छ । रमेशले हत्याका लागि आफ्ना साथीसहित भारतीय नागरिक प्रयोग गरेका थिए । हत्यामा भोजपुर नगरपालिका–५ बैंकरोड घर भई हाल पोखरा–९ महेन्द्रपुल बस्ने ३२ वर्षका सञ्जय शर्मा, सर्लाही ईश्वरपुर नगरपालिका–३ घर भई हाल पृथ्वीचोक बस्ने २६ वर्षीय चितरञ्जन कुमार साह र रमेशकी साली गोरखा गण्डकी गाउँपालिका–७ घ्यालचोककी १९ वर्षीया अनु परियार संलग्न रहेको प्रहरीले जनाएको छ ।

घटना यतिसम्म रोचक थियो कि श्रीमतीको हत्या गरी आफैले फालेर रमेशले भोलिपल्ट प्रहरीमा बेपत्ता भएको भन्दै उजुरी गर्न पुगेका थिए । प्रहरीका अगाडि रोई कराई नाटक गर्दै न्याय माग्ने बाहना गरेका रशेमलाई प्रहरीले पक्राउ गरी बयान लिन थालेपछि सबै पोल खुलेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता केसीले जानकारी दिए ।

बेपत्ता भएको भन्दै उजुरी दिएको २४ दिनपछि लक्ष्मीको कंकाल महानगरपालिका–२२ कर्कलेको जंगलमा भेटिएको थियो । श्रीमान रमेशले श्रीमतीको खुट्टाको भएको एलर्जीको जडिबुटी जंगलमा पाइने बताउँदै कर्कले जंगलमा लगेर भारतीय किलर प्रयोग गरी हत्या गरेको प्रहरी अनुन्धानबाट खुलेको छ । घटनामा संलग्न अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको लागि म्याद थप गरेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS