Prabhu Life Ad Final

नेप्से १५ अंकले बढ्यो, ४२ करोडमाथिको कारोबार

IME PAY

आर्थिक वर्ष २०७६ /७७ को पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । हिजो ४ अंकले बढेको नेप्से आज १५ अंकले बढेको हो । आज नेप्से १५.८५ अंकले बढेर १,२७४.८६ को विन्दुमा पुगेर बन्द भएको छ । होटल र फाइनान्स बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ५५ अंकले बढेको छ ।

दिनभरिमा १ सय ६७ कम्पनीको १३ लाख ७५ हजार १ सय ९० कित्ता शेयर ५ हजार ३ सय ८७ पटक खरिदविक्री हुँदा ४२ करोड ६७ लाख ४३ हजार ४ सय ५८ रुपैयाँको कारोबार भएको छ । सबैभनदा धेरै नेपाल बैंकको ४ करोडमाथिको कारोबरा भएको छ ।

NCHL

नेपाल लाइफ इन्स्योरेन्स, सिवम् सिमेन्ट , अपर तामाकोशीको २ करोडभन्दा बढीको कारोबार भएको छ । त्यसैगरी नेपाल बैंक प्रोमोटर शेयर, लुम्बिनी विकास बैंक, ओरेन्टल होटल, सिभिल बैंक प्रोमोटर शेयर र डिप्रोक्स लघुवित्तको १ करोडमाथिको कारोबार भएको छ ।

उन्नती माइक्रोफाइनान्सका लागानीकर्ताले सबैभन्दा धेरै ७ प्रतिशतका दरले कमाएका छन् भने सिभिल लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले गुमाएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x