IME Life

प्रभु लाईफमा कार्यभार सम्हाल्दै सिईओ पौडेलले भने, ‘संस्थागत उद्देश्य प्राप्तिका लागि मेहनत गर्छु’

SPIL
NIC ASIA

काठमाडौं । प्रभु समुहद्वारा प्रवद्र्धित प्रभु लाईफ इन्स्योरेन्स कम्पनीमा आजदेखि नयाँ सिईओको रुपमा नारायण प्रसाद पौडेलले कार्यभार सम्हालेका छन् । नेपाल बैंकको कार्यकारी निर्देशक पदबाट अनिवार्य अवकास लिएका पौडेललाई गत जेठ अन्तिम गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय गरेको थियो । आज अर्थात साउन १ गतेदेखि लागू हुने गरी नियुक्त लिएका पौडेलले आज औपचारिक कार्यक्रमका बीच कार्यभार सम्हालेका हुन् ।

कार्यभार सम्हालेपछि इन्स्योरेन्स खवरडटकमसँग कुरा गर्दै सिईओ पौडेलले संस्थागत उद्देश्य हासिल गर्न मेहनत साथ काम गर्ने बताएका छन् । उनले भने, ‘नयाँ आर्थिक वर्ष अनुसारको नयाँ बजेट पनि बनाउनुपर्ने भएकोले काम सुरु गर्दैछु । बिल्कुलै नयाँ छु, संस्थागत उद्देश्य प्राप्तिका लागि काम गर्नेछु ।’ जेठको अन्तिम साता नै नियुक्त भएपनि बीमा समितिमार्फत प्रक्रिया पूरा गर्नुपर्ने भएकाले केही ढिलाई भएको हो । केन्द्रीय बैंकका उच्च अधिकारीलाई अन्य बैंक तथा वित्तिय संस्थामा जागिर खान छ महिनाको कुलिङ पिरियड हुने भएपनि बीमा कम्पनीमा प्रवेशका लागि भने त्यस्तो बाध्यकारी नियम छैन ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS