Prabhu Life Ad Final

एनआइसी एसिया क्यापिटलको १२ करोड ५० लाख इकाई म्युचुअल फन्ड साउन ८ गतेबाट खुल्ने

IME PAY

एनआइसी एसिया क्यापिटलले साउन ८ गतेबाट ‘एनआइसी एसिया ब्यालेन्स फन्ड’ को १२ करोड ५० लाख इकाई म्युचुअल फन्ड निष्काशन गर्ने भएको छ । यसमध्ये सर्वसाधारणले १० करोड ६२ लाख ५० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् ।

यस्तै, बिज पुँजी वापत १ करोड ७५ लाख इकाई कोष प्रवर्द्धक एनआइसी एसिया बैंक र १२ लाख इकाई कोष व्यवस्थापक एनआइसी एसिया क्यापिटललाई सुरक्षित गरिएको छ ।

NCHL

सर्वसाधारणले यस योजनामा प्रतिइकाई १० रुपैयाँका दरले आवेदन दिन सक्नेछन् । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ७५ लाख इकाईसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ । यसमा छिटोमा साउन १२ गते सम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा भदौ ५ गते सम्म बिक्री जारी रहनेछ ।

फन्डको इकाईमा लगानीकर्ताले एनआइसी एसिया क्यापिटलको कार्यालय र सी–आस्वामार्फत आवेदन दिन सकिन्छ । एनआइसी एसिया क्यापिटललको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो दोस्रो म्युचुअल फन्ड हो ।

‘एनआइसी एसिया ब्यालेन्स फन्ड’ को बिक्री प्रबन्धकको काम पनि एनआइसी एसिया क्यापिटलले गर्नेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x