Prabhu Life Ad Final

ग्लोबल आइएमई लघुवित्तको १००% हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

IME

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने मंगलबार आज अन्तिम दिन रहेको हो । कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद जारी गर्न बुधबार (साउन १ गते) बुक क्लोज गर्दैछ । यसआधारमा मंगलबारसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद सेयर दाबी गर्न पाउनेछन् ।

ग्लोबलले कुल ११ लाख ४ हजार ५ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । अब छिट्टै हकप्रद सेयरका लागि आह्वानपत्र पनि जारी गर्नेछ ।

हकप्रद निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । १०० प्रतिशत हकप्रद बिक्री गरिसकेपछि ग्लोबलको चुक्ता पुँजी २२ करोड ९ लाख १४ हजार रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x