स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ३ लाख ७७ हजार ४ सय ५७ दशमलव ५ कित्ता संस्थापक सेयर मंगलबार (असार ३१ गते) देखि लिलामीमा आउने भएको छ । महिला सहकारी संस्था लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सेयर लिलामी गर्न लागेको हो ।
उक्त लिलामी शेयरमा स्वावलम्बनका संस्थापक सेयरधनीसहित अन्य योग्य व्यक्ति तथा संस्थाले आवेदन दिन पाउनेछन् ।
न्यूनतम प्रतिसेयर ३ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लिलामीमा साउन २९ गतेसम्म अपराह्न ३ बजेसम्म आवेदन दिन पाइने छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी, काठमाडौंमा पुग्ने गरी बालपत्र पेश गर्नुपर्नेछ ।
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
इन्स्योरेन्स खबर