महालक्ष्मी लाइफको बीमा सेवा सांग्रिला डेभलपमेन्ट बैंकबाट पाइने

83

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले ८६ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्