IME Life

नेप्से सामान्य अंकले बढ्दा कारोबार रकम भने घट्यो

SPIL
NIC ASIA

साताको पहिलो दिन नेप्सेमा सामान्य अंकले सुधार आएको छ । नेप्सेमा आज सामान्य अंंकको सुधार आएता पनि कारोबार रकम भने धेरै घटेको छ । शेयर बजार ०.९५ अंकले बढेर १,२४९.४९ अंकको बिन्दुमा कायम भएको छ ।

बैंकिङ फाइनान्स, निर्जीवन बीमा समुह, माइक्रोफाइनान्स र उत्पादनमुलक बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै उत्पादनमुलक समुह २ अंकले घटेको छ ।

Prabhu
Crest

दिनभरिमा १ सय ६१ वटा कम्पनीको १० लाख ४२ हजार ६ सय ६४ कित्ता शेयर किनबेच हुदा २८ करोड ५२ लाख १४ हजार ५ सय ७२ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोष, नेपाल बैंक र मेगा बैंक प्रोमोटर शेयरकोे २ करोड माथिको कारोबार भएको छ ।

त्यसैगरी नेपाल लाइफ इन्स्योरेन्स, चिलिमे हाइड्रोपावर र सिभिल बैंकको १ करोडमाथिको कारोबार भएको छ । अपरतामाकोशी, मेगा बैंकको ९० करोडमाथिको कारोबार भएको छ । प्रभु बैंकको ८२ करोड रुपैयाँको कारोबार भएको छ ।

माहुली सामुदायिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने मल्टिपर्पोज फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ८ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS