मुक्तिनाथ बैंकका ग्राहकहरुले ॐ समाज डेण्टल हस्पिटलमा विभिन्न सेवाहरुमा १५ प्रतिशत छुट पाउने

121

मुक्तिनाथ बैंकका भिषा डेबिट कार्डबाहक ग्राहकहरुले ॐ समाज डेण्टल हस्पिटलमा विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । मुक्तिनाथ विकास बैंक लिमीटेड र ॐ समाज डेण्टल हस्पिटल, चाबहिलबीच सम्झौतापत्रमा हस्ताक्षर भएसँगै बैंकका कार्डबाहकले विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंक लिमीटेडका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथा ॐ समाज डेण्टल हस्पिटलको तर्फबाट अध्यक्ष सुवास घिमिरेले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले डेण्टल अस्पताल, चाबहिलमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

हाल मुक्तिनाथ विकास बैंकले देशभर ११९ वटा शाखा, २५ वटा एटीएममार्फत ६ लाख बढी ग्राहकलाई सेवा दिइरहेको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्