Prabhu Life Ad Final

नेपाल इन्स्योरेन्सको नगद लाभांस समितिबाट अस्वीकृत, कर शेयरधनी आफैले तिर्नुपर्ने

IME PAY

नेपाल इन्स्योरेन्सले घोषणा गरेको ७.५ प्रतिशत बोनस सेयरको कर प्रयोजनार्थ वितरण गर्ने भनिएको नगद लाभांश बीमा समितिबाट अस्वीकृत भएको छ ।

बोनस सेयरको कर प्रयोजनका लागि वितरण गर्ने भनिएको नगद लाभांश समितिबाट अस्वीकृत भएसँगै इन्स्योरेन्सको बोनस पाउने सेयरधनीले कर भने आफैंले तिर्नुपर्ने भएको भएको छ ।

NCHL

कम्पनीको असार ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७४/७५ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको थियो । साथै इन्स्योरेन्सले कर प्रयोजनका लागि ४० लाख २२ हजार ७७८ रुपैयाँ नगद लाभांश वितरणको निर्णय गरेको थियो ।

इन्स्योरेन्सको उक्त निर्णय स्वीकृतिका लागि बीमा समितिमा पठाइएकोमा समितिले नगद लाभांश भने वितरण गर्न नमिल्ने भन्दै फिर्ता पठाएको इन्स्योरेन्सले जनाएकोे छ ।

बीमा समितिबाट अस्वीकृत भएपछि कम्पनीको असार २७ गते बसेको संचालक समिति बैठकले कर प्रयोजनका लागि विनियोजित नगद लाभांश रकम वितरण नगर्ने निर्णय गरेको हो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x