ग्लोबल आइएमईले र हाथवे फाइनान्सलाई प्राप्ती गर्ने, साउन १४ गते एकैदिन बोलाए विशेष साधारणसभा

126

ग्लोबल आइएमई बैंक र हाथवे फाइनान्सले साउन १४ गते एकैदिन विशेष साधारण सभा गर्ने भएका छन् । ग्लोबलले हाथवे फाइनान्सलाई प्राप्ती गर्ने मुख्य प्रस्ताव पारित गर्न दुवैले सभा एकै दिन बोलाएका हुन् ।

साथै, सभाले सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डीडीए) का आधारमा तय भएको सेयर स्वाप रेसियो पनि पारित प्रस्ताव छ ।

ग्लोबल आइएमईले विशेष साधारण सभा साउन १४ गते बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बोलाएको छ । त्यस्तै, सोही समयमा हाथवे फाइनान्सले होटल द रत्न इन, धरानमा विशेष साधारण सभा बोलाएको छ ।

दुई कम्पनीले फागुन ३० गते सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्