IME Life

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा पौड्याल

SPIL
NIC ASIA

सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृतमा जनकराज शर्मा पौड्याललाई नियुक्त गरेको छ । पौड्याललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्तावसहित बैंक सञ्चालक समितिको बैठक आज बस्दैछ ।

मुख कार्यकारीमा अधिकृतमा निरज श्रेष्ठलाई नियुक्त गरेको थियो। श्रेष्ठ नियुक्तिपत्र दिएसँगै उनको नियुक्तीलाई लिएर संचालकहरुबीच विवाद भएको थियो । निरजको नियुक्ती प्रति सञ्चालकद्वयले असन्तुष्टि व्यक्त गरेका थिए ।

Prabhu
Crest

प्रमुख कार्यकारी अधिकृत नियुक्ति जस्तो महत्वपूर्ण निर्णयमा सर्वसम्मति नभएको र यस विषयलाई विवादको विषय बनाई सञ्चार मध्ययमा फैलाएको, राष्ट्र बैंकमा उजुरी गरेकोले यस्तो अवस्थामा पदभार समाल्दा राम्रो काम गर्न गाह्रो हुने भन्दै निरजले जिम्मेवारी नलिने पत्र लेखेका थिए ।

जनक शर्मा पौड्याललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने भन्नेमा शुक्रबारको बैठकमा समझदारी बनेको छ । तर शुक्रबारको बैठकमा प्रमुख कार्यकारी अधिकृत नियुक्ती सम्बन्धि प्रस्ताव नभएकोले लिखित निर्णय भएको छैन । आइतबारको बैठकमा माइन्युट गरिने र निर्णय आइतबार नै सार्वजनिक गर्ने योजना रहेको बैंकले जनाएको छ ।

जनकराजसँग करिब तीन दशक लामो बैंकिङ अनुभव छ । नविल बैंकबाट बैकिङ करिअर शुरू गरेका पौड्यालले एनआइसी एशिया, लक्ष्मी बैंक हुँदै ग्लोवल आइएमइ बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

उनले गत माघको पहिलो साता ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS