IME Life

भारतमा यति सस्तो छ ब्रोकर कमिसन

SPIL
Sanima Reliance

हाम्रो छिमेकी मुलुक भारतको शेयर बजार विश्वको दशौ पुरानो शेयर बजार हो भने एसियाको सबै भद्ना पुरानो शेयर बजार हो । सन् १८७५ मा बम्बे स्टक एक्सेञ्जको सुरुवात संगै एसियाकै पहिलो दोश्रो बजारको सुरुवात भएको थियो ।

प्रविधिको आक्रामक प्रयोग गरेको भारतीय पुँजी बजार संसारको उत्कृत पुँजी बजार मध्येको एक हो। त्यहाँको स्टक एक्सेञ्जले मात्र होइन ब्रोकरहरु पनि निकै प्रतिष्पर्धी रहेको र प्रविधिको निकै राम्रो प्रयोग गरेको देखिन्छ। प्रस्ट हिसाबमा भन्दा भारतका लगानीकर्ताहरुले राम्रै सेवा सुविधा प्राप्त गरेका छन्।

Crest
Meta Holidays

ब्रोकर कमिसनको ममालामा पनि भारतका लगानीकर्ताहरु निकै भाग्यमानी छन्। “फुल सर्भिस” र “डिस्काउण्ट” गरी दुई थरीका ब्रोकर रहेको भारतको पुँजी बजारमा लगानीकर्ताले आफ्नो आवश्यकता अनुसार ब्रोकर कम्पनी रोज्न पाउँछन् ।
“डिस्काउन्ट” ब्रोकरहरुले विशुद्ध शेयर कारोवार गर्ने गर्छन भने “फुल सर्भिस” ब्रोकरले लगानीकर्ताको आवस्यकता अनुसार विभिन्न सेवा सुविधा दिने गर्छन। “फुल सर्भिस” ब्रोकरले लगानीकर्तालाई अनुसन्धान, परामर्श, कर परामर्श, अवकाश योजना, लगानी व्यवस्थापन, २४/७ सपोर्ट, तालिम, पोर्टफोलियोको निरन्तर फलोअप गर्ने जस्ता सुविधा प्रदान गरेका हुन्छन । “फुल सर्भिस” ब्रोकरहरुले ब्रोकर कमिसन अलिकता धरै नै लिने गर्छन। “आईसीआईसीई डाईरेक्ट”, “शेयरखान”, “कोटाक सेकुरिटीज” केही फुल सर्भिस ब्रोकर हुन्।

कामको प्रकृति हर्ने हो भने नेपालमा हाल संचालित ५० ब्रोकरहरु र भारतीय “डिस्काउण्ट ब्रोकर” उस्तै  हुन्।  नेपालका  ब्रोकरहरुले जसरी विशुद्ध शेयर कारोवार मात्र गर्छन त्यसरी नै “डिस्काउण्ट” ब्रोकरहरुले पनि विशुद्ध शेयर कारोवार गरेर लगानीकर्तालाई सेवा दिने गर्दछन।

हेरौ भारतका केही डिस्काउण्ट ब्रोकरहरुको बारेमा गरिएको सामान्य अध्ययन :
Zerodha ब्रोकर :
९ लाख ७९ हजार ग्राहक सहित Zerodha भारतमा सर्वाधिक रुचाईएको स्टक ब्रोकर मध्यको एक हो। Zerodhaको आधिकारिक वेवसाईटमा आधार लिने हो भने “डिलिवरी ट्रेडिङ्ग”मा कुनै पनि प्रकार ब्रोकर शुल्क शुल्क लाग्दैन। डिलिवरी ट्रेडिङ्ग भनेको शेयर खरिद गर्ने  व्यक्तिको डिम्याटमा शेयर जाने कारोवार प्रणाली।  सामान्य भाषामा भन्दा नेपालमा अहिले भैरहेको कारोवार प्रणाली डिलिवरी ट्रेडिङ्ग हो ।  Zerodha बाट शेयर खरीद बिक्री गर्दा कुनै पनि प्रकारको  ब्रोकर कमिसन तिर्नु पर्दैन।

त्यस्तै एकै दिन शेयर किनेर एकै दिन बेच्ने कारोवारलाई “ईण्ट्राडे कारोवार” भनिन्छ। Zerodha ब्रोकरले “ईण्ट्राडे” कारोवारमा २० रुपैया वा ० दशमलव ०१ प्रतिशतमा जुन थोरै हुन्छ त्यति कमिसन दर लागु गरको छ।  नेपालमा भने “ईण्ट्राडे कारोवार” हुदैन।
हेरौ Zerodha ब्रोकरको कमिसन:

कारोवारको हिसाब किताब :

Zerodha ब्रोकरबाट तपाईले प्रति कित्ता सयको दरले १०० कित्ता शेयर किन्नु भयो र केही समय पछि प्रति कित्ता १०० को हिसाबले बेच्नु भयो भने तपाईलाई २० रुपैया ७३ पैसा मात्र नोक्सान हुन्छ। जबकी १०० कित्ता किन्दा र बेच्दा तपाइले २० हजारको कारोवार गर्नु भएको छ।  यसरी बिना ब्रोकर कमिसन तपाईले शेयर खरिद गर्न सक्नु हुन्छ।

श्रोत : https://zerodha.com/brokerage-calculator

Zerodha ब्रोकरले कारोवार खाता खोलेको सुरुमा  २०० रुपैया लिने गर्दछ।  डिम्याट खाता खोलेको १०० रुपैया लिने गर्दछ।  कारोवार खाताको वार्षिक सेवा शुल्क तिर्नु पर्दैन भने डिम्याट खाताको वार्षिक ३०० रुपैया सेवा शुल्क तिर्नु पर्दछ।

5paisa:

१ लाख ४७ हजार ग्राहक सहित 5paisa  भारतको “डिस्काउण्ट” ब्रोकर मध्येको नाम चलेको ब्रोकर हो।  5paisa ले प्रति कारोवार भएको अडरको १० रुपैया ब्रोकर कमिसन मार्फत लाग्छ।  ग्राहकले एक पटक शेयर खरिद गर्दा १० रुपैया कमिसन दिनु पर्यो भने शेयर बेच्दा १० रुपैया कमिसन दिनु पर्यो।  यसरी लगानीकर्तालाई कारोवार रकम भन्दा पनि कारोवार संख्याको हिसाबमा ब्रोकरले कमिसन लगाउने भयो।

हेरौ 5paisa ब्रोकरको कमिसन:

 

श्रोत : https://www.5paisa.com/

नोट : 5paisa ब्रोकरले कारोवार खाता खोलेको ६५० रुपैया लिने गर्दछ।  डिम्याट खाता खोलेको शुल्क लाग्दैन ।  कारोवार खाताको वार्षिक सेवा शुल्क तिर्नु पर्दैन भने डिम्याट खाताको वार्षिक ४०० रुपैया सेवा शुल्क तिर्नु पर्दछ।

Zerodha र 5paisa भारतीय डिस्काउण्ट ब्रोकरका एक उदाहरण मात्र हुन्।  केही ब्रोकरहरुले  महिनाको एउटा निश्चित शुल्क लिने र महिना भरी जति पनि कारोवार गर्ने पाउने व्यवस्थापन समेत गरेका छन्।

उता फुल सर्भिस ब्रोकर जसतै ICICI Direct, HDFC Securites, ShareKhan, Kotak Securites जस्ता ब्रोकरको कमिसन रकम भने २ दशमलव ५ प्रतिशत सम्म रहेको देखिन्छ।   धेरै कमिसनको दर भएपनि लगानीकर्ताहरुले धेरै सुविधा पाएका छन्।

यसरी निकै सस्तोमा शेयर कारोवार गर्ने अवसरले गर्दा बजारमा कारोवार निकै धेरै हुने गर्दछ।  भारतममा ब्रोकर कमिसनमा सिन्डिकेट देखिएन।  ब्रोकरहरुले लगानीकर्ता आकर्षित गर्न आफुले ब्रोकर कमिसन निर्धारण गर्न पाएको देखियो।

ब्रोकर कमिसनमा प्रतिष्पर्धा हुनाले लगानीकर्ताले निकै ठुलो राहत पाएको प्रस्ट देखिन्छ।  शेयर कारोवारको लागत घट्नाले लगानीकर्तालाई बजारमा कारोवार गर्न धेरै सजिलो हुने देखिन्छ। कमिसन कम हुँदा कारोवार रकम वृद्धि भई झनै फाईदा ब्रोकरलाई हुने देखिन्छ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x