IME Life

सूर्या लाइफद्धारा बीमा दाबी रकम हस्तान्तरण

SPIL
NIC ASIA

सूर्या लाईफ इन्स्योरेन्सको कावासोती शाखाले मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई १३ लाख रुपैयाँ दाबी रकम भुक्तानी गरेको हो ।

कम्पनी अन्तर्गत कावासोती शाखाका शाखा प्रमुख टोप बहादुर राना (सहज)ले स्वर्गिय सिम बहादुर गुरुङ्गको श्रीमति निता गुरुङ्गलाई सो दाबी रकम हस्तान्तरण गरिएको हो ।

Prabhu
Crest

कावासोती नगरपालिका वडा नं. १३ गैरीका ४६ वर्षिय गुरुङ्गको गत जेष्ठ २१ गते बैदेशिक रोजगारको क्रममा सिचेल्स देशमा मृत्यू भएको थियो ।

गुरुङले बैदेशिक रोजगारमा जानु अघि म्यादी जीवन बीमा गराएर गएका थिए । गुरुङ्गको परिवारलाई बैदेशिक रोजगार म्यादि जीवन बीमा अन्तर्गतको दाबी रकम भुक्तानि गरिएको हो ।

कम्पनीको अनुसार बीमितलाई बीमांक दाबी रकम १० लाख, क्रियाखर्च वापत १ लाख, र आय नोक्सानी वापत रकम २ लाख गरी जम्मा १३ लाख रुपैयाँ मृतकको परिवारलाई हस्तान्तरण गरिएको जनाएको छ ।

कम्पनीको कावासोती शाखाले बीमा दाबी रकम तत्काल उपलब्ध गराउदै आएको छ । एक दशकभन्दा बढी समय देखि कावासोतिमा सेवा प्रदान गर्दै आईरहेको सुर्या लाईफ ईन्सोरेन्सको कावासोतीमा रहेका ग्रहाकहरुलाई बीमा सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS