IME Life

बीमाको दायरामा सबैलाई समेट्नका लागि सरकारले नै कदम चाल्नु पर्छ-सञ्जय प्रकाश शाही

SPIL
NIC ASIA
सञ्जय प्रकाश शाही, एजेन्सि म्यानेजर, यूनियन लाइफ इन्स्योरेन्स

सातदोबाटो १५, ललितपुर निवासि सञ्जय प्रकाश शाही पेशाले बीमा अभिकर्ता हुन् । इन्जिनियरिगं एण्ड कम्यूनिकेशनमा स्नातक तह उत्तिर्ण गरेका सञ्जय शाही ६ महिनादेखि बीमा अभिकर्ता पेशामा आवद्ध रहँदै आएका छन् ।बीमा अभिकर्ता पेशामा आवद्ध हुनुपूर्व सञ्जय बीमाका बारेमा धेरथोर जानकार थिए । अभिकर्ता पेशाबाट राम्रै आम्दानी हुने हुनाले यो पेशा प्रति आकर्षित भएको सञ्जयले बताए ।

अभिकर्ता पेशामा लाग्नका लागि जनार्दन शर्माले प्रेरित गरेको शाही बताउँछन् । जो यूनिन लाइफ इन्स्योरेन्स ललितपुर भैसिपाटि ब्राञ्चका म्यानेजर थिए । उनले नै शाहीलाई बीमा बारे ज्ञान दिएका थिए । सञ्जयको जनार्दनसँग एक चोटि भेट भएको थियो । पहिलो भेटमा नै जनार्दनमार्फत शाहीले बीमा गराएका थिए । सोही समयदेखि अभिकर्ता पेशालाई सञ्जयले रोजेका थिए । उनी अहिले यूनियन लाइफ इन्स्योरेन्समा एजेन्सि म्यानेजरका रुपमा काम गर्दै आएका छन् ।

Prabhu
Crest

इन्स्योरेन्स पेशामा म आफैँ आएको होईन मलाई बोलाईएको हो । कसैको कुराले मलाई यो पेशामा आउन प्रेरित गरेको हो उनले भने । “यूनियन लाइफ इन्स्योरेन्सका ललितपुर ब्राञ्च म्यानेजर जर्नादन शर्माको प्रेरणाले यो पेशा जोडिन पुगे । ”

अभिकर्ता बन्नु अघि आफ्नै बीमा गरेका सञ्जयले बीमा अभिकर्ताको लाइसेन्स लिए पछि आफ्नै परिवारका सदस्यको बीमा गराएका थिए । आफ्नो बीमा गरे पछि अभिकर्ता काम शुरु गरेका शाहीले छोटो समयमा नै राम्रो उपलब्धि हासिल गरेका थिए ।

आज बचत गरेको सानो रकमले भोलिको दिनमा पर्न सक्ने ठुलो जोखिम बहन गर्न बीमाले सहयोग गर्छ भन्ने कुराले नै मलाई यस पेशा प्रति आकर्षण गरेको थियो, सञ्जयले भने ।

बीमा क्षेत्रमा अवसर देखेर अभिकर्ता पेशामा आएका सञ्जय भन्छन्, पहिले आफुले बीमा बुझे र आफ्नै गरे, आफुले बुझिसके पछि यो त सबैलाई आवश्यक रहेछ भन्ने मनसाय मनमा पलाएको थियो, त्यसैले यो पेशा शुरु गरे ।

बीमा अभिकर्ता समाजसेवी हो, सञ्जय भन्छन्, अभिकर्ता पेशा आयश्रोतका दृष्टिकोणले हेर्ने हो भने यो एकदमै राम्रो पेशा हो, यसका साथै अभिकर्ताले समाजसेवा पनि गरिरहेका हुन्छन् । अभिकर्ता आफुले बिक्रि गर्ने प्रोडक्टका बारेमा जानकार हुनुपर्ने उनी बताउँछन् । शाही भन्छन्, अभिकर्ताले आफुले बिक्रि गर्ने बीमा पोलिसिका बारेमा पूर्ण ज्ञान, कम्पनीको प्रोफाइलका बारेमा जानकार भएर मात्र ग्राहक सामु बीमा प्रस्तावका लागि जानुपर्ने हुन्छ । सञ्जय भन्छन्, बीमा अभिकर्तामा नम्र बोलि, घुलमिल हुन् सक्ने खुबीका साथै सरल र असल स्वभाव पनि हुनुपर्दछ ।

यस्तै कुशल अभिकर्तामा हुनु पर्ने अर्को गुण हो नैतिकता । अभिकर्ताले नैतिकता छोडेको खण्डमा पेशामा धेरै प्रश्नहरु उठ्न सक्छन्, बीमितसँग पैसा लिने, बीमितबाट संकलन गरेको पैसा कम्पनीमा नबुझाउने कुराहरु बीमा अभिकर्ताहरुबाट हुने गर्दछन् । तर यूनियन लाइफले भने चेककोे आधारमा कारोबार गर्ने गर्दछ । त्यसैले यो कम्पनीमा भने त्यस्ता घटनाहरु नघट्ने उनले बताए । अभिकर्ताले आफ्नो स्वार्थको लागि नराम्रा काम गर्न हँुदैन् । अभिकर्तामा ज्ञान र नैतिकता जस्ता गुणहरु हुनुपर्दछ ।

ग्राहकहरु पनि आफ्नो बीमा प्रति सचेत रहनु पर्ने सञ्जय बताउँछन् । आफुले बीमा गरेको समय, प्रीमियम तिर्ने समय कहिले जस्ता कुराहरुमा चासो राख्नु पर्ने हुन्छ, उनले भने । पहिला भन्दा अहिलेको समयमा भने बीमितहरुमा केही परिवर्तन आएको उनले बताए ।

सूचना प्रविधिको विकाससँगै बीमितहरुमा पनि आफ्नो बीमा प्रति सचेत रहने प्रवृत्तिमा परिवर्तन आएको उनले बताए । मैले बीमा किने मेरो बीमा अवधिभरि उसैले ख्याल गर्नु पर्छ भन्ने बीमितहरुको मनसायमा परिवर्तन आउनु पर्ने कुरामा उनले जोड दिए ।

बीमाको दायरामा सबैलाई समेट्नका लागि सरकारले नै कदम चाल्नु पर्ने सञ्जय बताउँछन् । सरकारले नै बीमा बारेमा योजनाहरु अघि सार्नु पर्ने कुरामा उनले जोड दिए । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम जस्तै जीवन बीमा पनि अनिवार्य गरेमा सबै मानिसहरु बीमाको दायरामा समेटिन सक्छन् ।

सञ्जय भन्छन्, नेपाल जस्तो मुलुकका जनताहरुका लागि बीमाको एकदमै महत्व छ बीमा सबैले गर्नुपर्छ, सानो रकमले ठुलो जोखिम बहन हुन्छ भने बीमा किन नगर्ने उनले भने ।

बीमा समिति, बीमा कम्पनी र अभिकर्ताले भन्दा पनि बीमाको आममानिसलाई दायरामा ल्याउन सरकारको एकदमै ठुलो हात रहेको हुने सञ्जय बताउँछन् । सबै तह र तप्काका मानिसहरुमा सरकारको पहँुच हुन्छ, जति समिति, कम्पनी र अभिकर्ताहरुको हुँदैन् । यदि सरकारले नै चाहाने हो भने हरेक व्यक्तिलाई बीमाको दायरामा समेट्न सकिन्छ । सबै मानिसहरुको बीमा गराँउन सकिन्छ ।

बीमा सचेतनाका कामहरु समितिले गर्दै आएको छ । सञ्जय भन्छन्, बीमा कम्पनीहरुलाई जुन रुपले मनिटरिगं गरेको छ, त्यसलाई नै एक किसिमको बीमा सम्बन्धि सचेतना मान्न सकिन्छ । यदि बीमा समितिले त्यस्ता खालका रुल्सहरुद्धारा मनिटरिगं नगर्ने हो भने बीमा कम्पनीहरु आफु मन खुसि जे पनि गर्न सक्छन् । उनी भन्छन्, बीमा समितिले गरेका विभिन्न मनिटरिगंले नै बीमा कम्पनीहरु चनाखो, एकदमै सजग र भरपर्दो हुँदै गएका छन् । बीमा समितिले सञ्चालनमा ल्याएका विभिन्न नीति, नियमहरुमा बीमा कम्पनीहरु बाधिनु पर्यो, बीमा कम्पनीहरु बाधिए पछि बीमा कम्पनीहरु अन्र्तगत हामी अभिकर्ताहरु पनि बाधिनु पर्यो । सञ्जयले बताए ।

बीमा समितिले मनिटरिगं मात्रै हैन् बीमा सचेतनाका काम पनि गर्दै आएको छ । समितिले गरेको त्यहि मनिटरिगंबाट नै बीमा सचेतना फैलिएको कुरामा शाही जोड दिन्छन् ।
बीमा बजारमा राम्रा खालका अभिकर्ताहरु उत्पादन भईरहेका छन् । यस्ता विभिन्न नियमहरुको कारणले अभिकर्ताले चाहेर पनि ग्राहकहरुलाई हानी पुर्याउने खालका काम चाँही गर्न नसक्ने उनले बताए ।

बीमा जोखिम न्यूनिकरण गर्ने माध्यम हो, बीमाले जोखिम न्यूनिकरणको साथसाथै बचत गर्न पनि सिकाउँछ । बीमाले आफु र आफ्नो परिवारलाई सुरक्षा प्रदान गर्दछ । सामान्य ज्याला मजदुर गर्ने मान्छेहरुलाई पनि बीमाको दायरामा ल्याउने गरेको शाहीले बताए ।

अभिकर्ता पेशामा चुनौती रहेका छन् । शाही भन्छन्, यदि यो पेशामा चुनौती नहुने हो भने नेपालका हरेक नेपालीहरु बीमा अभिकर्ता बन्थे होलान, किनकी यो पेशा आम्दानीको हिसाबले राम्रो पेशा हो ।

यस्तै अभिकर्ता पेशामा देखा परेको अर्को चुनौती बीमा प्रति सकारात्मक सोच फैलाउनु हो । सञ्जय भन्छन्, बीमा क्षेत्रको मूख्य चुनौतीका रुपमा बीमा प्रति रहँदै आएका नकारात्मक भावनाहरु प्रिवर्तन गर्नु रहेको छ ।

आज पनि बीमा बुझेर गर्ने मानिसहरुको संख्या न्यून नै रहेको छ । मान्छेहरुमा पहिले देखि नै रहिआएको बीमा सम्बन्धि नकारात्मक धारणा बदल्न र बीमाका फाईदाहरु बुझाउन सबै जो कोही अभिकर्ताहरुले सक्दैनन् । उनले भने ।

अभिकर्ता पेशामा नयाँ कार्यको थालनी “संयोजक”

शाहीले बीमितहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले संयोजक राखेका छन् । संयोजक मार्फत बीमितहरुले प्रीमियम बुझाउने समय साथै आफ्नो बीमा बारेमा अन्य जानकारीहरु पाउँन सक्नेछन् । आफ्ना ग्राहकहरुलाई कुनै घटना घटेको खण्डमा उनीहलाई सम्पर्क गर्नका लागि आफु अन्तर्गत संयोजक राखेको शाहीले बताए ।

बीमितलाई भन्दा पनि उनीहरुले इच्छाईएका व्यक्तिहरुको सम्पर्कमा पुग्ने काम संयोजकको हुन्छ । बीमितले इच्छाएका व्यक्तिहरुको सम्पर्क नम्बर सञ्जयको संयोजकसँग हुन्छ । उनीहरुलाई प्रीमियम तिर्ने समयमा सम्पर्क गर्ने काम संयोजकको हुने गर्दछ ।

यस्तो काम बीमा अभिकर्ता मध्ये आफ्नो नयाँ मान्दछन् उनी । बीमितहरुलाई सहजता प्रदान गर्न साथै दाबीको समस्या नपरोस् भनेर यस्तो योजनाको थालनी गरेको शाही बताउँछन् । बीमितहरुले प्रीमियम तिरे, नतिरेको जानकारी संयोजकले बुझि उनीहरुलाई त्यो प्रति सजग बनाउने उनले बताए ।

मेरो ग्राहकहरुलाई पछि समस्या नहोस् भन्ने हेतुले यस्तो रणनीति अपनाएको शाहीले बताए । ल्याप्स हुने, बीमाकं तिर्नु पर्ने सही समयमा बीमितले नतिरेमा बीमितको जोखिम बीमा कमपनीले बहन गर्दैन । यस्तो समस्यालाई कम गर्न आफ्नो अन्डरमा संयोजक राखेको शाही बताउँछन् । मान्छेले भविष्यमा पर्न सक्ने जोखिमलाई सामना गर्न बीमा गरेका हुन्छन् । तर प्रीमियम तिर्ने अवधि कै जानकार नहँुदा कतिपय बीमितहरुको बीमा ल्याप्स भएर जान्छ । र उननीहरुको जोखिम पनि कभर हुँदैन् । बीमितले जसरी अभिकर्ताको बोलिलाई विश्वास गरेर बीमा गरेका हुन्छन् , अभिकर्ताले पनि उनीहरुको विश्वासलाई तोड्नु हुँदैन्, भन्ने मनसायले नयाँ योजनको शुरुवात शाहीले सञ्चालनमा ल्याएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS