IME Life

१२ प्रतिशत बोनस प्रस्ताव गरेको नेको इन्स्योरेन्स कस्तो छ ? हेरौ कम्पनी विस्लेषण

SPIL
NIC ASIA

कम्पनीको संचालक र व्यवस्थापन समिति :

Prabhu
Crest

प्रधानकार्यालय : अनामनगर, काठमाडौ
Symbol : NIL

बीमा समितिको निर्देशन अनुसार निर्जिवन बीमा कम्पनीहरुले असार मसान्तसम्मा १ अर्ब पुँजी पुराउनुपर्ने प्रावधान रहेको छ । कम्पनीले चालु आर्थिक बर्ष २०७५/७६ को तेस्रो त्रैमाससम्म आईपुग्दा १ अर्ब पुँजी  पुराईसकेको छ । १ अर्ब पुँजी पुगे पश्चात पनि कम्पनीले आर्थिक वर्ष ७४/७५ को नाफा बाट १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ६३ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ।

नेको इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक वित्तीयविवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  • कम्पनीले तेश्रो  त्रैमास सम्ममा २५ करोड १५ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । कम्पनीको खुद नाफा २० प्रातिशतले  वृद्धि भएको छ। पुँजीमा आएको ५० प्रतिशतको वृद्धि र खुद नाफामा आएको २० प्रतिशतको वृद्धिको कारणले गर्दा कम्पनीको प्रति शेयर आम्दानीमा २० प्रतिशतको गिरावट देखिएको छ। कम्पनीको हाल प्रति शेयर आम्दानी २८ रुपैया ५२ पैसा रहेको छ।
  • चालु आर्थिक बर्षमा कम्पनीको जगेडा ८३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ३० करोड १६ लाख रहेको जगेडा यो त्रैमासमा ५५  करोड ३२ लाख पुगेको छ । कम्पनीको  बीमा कोषमा ७२ प्रतिशतले वृद्धि भएर ६६  करोड ९१ लाख रुपैयाँ पुगेको छ ।
  • तेश्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीको कुल बीमा शुल्कआर्जन रकम १५ प्रतिशतले वृद्धिभएर १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आ.वको सोहीअवधिमा कम्पनीको कुल बीमा शूल्कआर्जन १ अर्ब २२ करोड रुपैयाँ रहेको थियो ।
  • त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आम्दानी  १९ प्रतिशतले वृद्धि भएर ८५ करोड ७० लाख रुपैयाँ पुगेको छ ।
    आ.व २०७५/७६को तेस्रो त्रैमाससम्ममा आईपुग्दा कम्पनीको खुद दावी भुक्त्तानी रकम ३१ प्रतिशतले वृद्धि भएर ३७ करोड १६ लाख रुपैयाँ रहेको छ ।
  • त्यस्तै कम्पनीको कुल दावी भुक्त्तानी रकम ६२ करोड ७०लाख रहेको छ जुन अघिल्लो आर्थिक बर्षभन्दा ३२ प्रतिशतले वृद्धि भएको हो ।
  • कम्पनीको  बीमा लेख संख्या २ लाख ४ हजार १ सय ३ पुगेको छ ।

 

कम्पनीको विगत ५ वर्षको लाभांस :

*प्रस्तावित 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS