Prabhu Life Ad Final

नेशनल लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो नयाँ बोनश दर, न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म दिने

IME PAY

नेशनल लाइफ इन्स्योरेन्सले नयाँ बोनश दर सार्वजानिक गरेको छ । कम्पनीले बीमितहरुलाई दिने नयाँ बोनश दर घोषणा गरेको हो । कम्पनीले प्रतिहजार वार्षिक न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म दिने भएको छ ।

गत आर्थिक वर्ष २०७४ ७५को लेखाजोखा र दायित्व मूल्याँकन सम्बन्धि बिमाङकीय प्रतिवेदन बिमा समितिबाट स्वीकृत गरेपछि नयाँ बोनस दर सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

NCHL

कम्पनीले ५ देखि १४, १५ देखि १९ वर्ष अवधिको सावाधिक तथा सामुहि जीवन बीमालेखका लागि ६३ रुपैयाँ, २० देखि २५ वर्षको सावाधिक तथा सामुहि जीवन बीमालेखका लागि ६४ रुपैयाँ र २६ वा सोभन्दा माथि वर्षको सावाधिक तथा सामुहि जीवन बीमालेखका लागि ८२ रुपैयाँ बोनश दर दिने भएको छ ।

त्यस्तै ५ वर्षदेखि १४ वर्ष अवधिको अग्रिम भुक्तानी सावाधिक जीवन बीमा योजनामा ६२ रुपैयाँ, १५ देखि १९ र २० वा २० भन्दा माथि अवधिको लागि ६३ रुपैयाँ बोनश दर दिने भएको छ ।

त्यसैगरी ५ देखि १४, १५ देखि १९ वर्ष अवधिको सावाधिक तथा आजीवन जीवन बीमालेखमा ६३ रुपैयाँ, २० देखि २५ वर्ष अवधिको सावाधिक तथा आजीवन जीवन बीमालेखमा ६४ रुपैयाँ र २६ वा सो भन्दा माथि अवधिको सावाधिक तथा आजीवन जीवन बीमालेखमा ८२ रुपैयाँ बोनश दर दिने भएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x